सुदुर पश्चिम प्ले अफ नजिक

Manoj Shiama
28 November, 2025 3:56 am

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो ।

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदुरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । लगातार चार जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक समेत पुगेको छ ।

सुदूरपश्चिमका लागि विकेटकिपर विनोदले अविजति ६९ रन बनाए । उनले ४९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । यस सिजन भण्डारीको यो पहिलो अर्धशतक हो । यस्तै आरिफ शेखले ३७ बलमा ४ चौका र एक छक्का मदतमा ३९ रन बनाए ।

क्रिकेट लिनले १९ रन योगदान गरे भने जोश ब्राउन ९ रनमा आउट भए । बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले समान एक÷एक विकेट लिए ।