इन्डोनेसियाको कमब्याक जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली इन्डोनेसियासँग पराजित भएको छ । बुधवार साँझ भएको खेलमा इन्डोनेसियासँग नेपाल २–१ ले पराजित भएको हो ।
यसअघि सन् २०१९ मा भएको प्रतिस्पर्धामा नेपालले इन्डोनेसियालाई २–१ गोल अन्तरले हराएको थियो । नेपालको आजको खेलमा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ बिना नै मैदान उत्रिएको थियो ।
खेलको २० औं इन्डोनेसियाले आत्मघाती गोल गर्दा नेपालले एक गोल उपहार पाएको थियो । अनिता बस्नेतले प्रहार गरेको कर्नर बललाई डिफेन्डर विमला विकले हेडर गरेकी थिइन् । उक्त हेडर रोक्ने क्रममा इन्डोनेसियाकी डिफेन्डरले आफ्नै पोष्टमा गोल गरेकी थिइन् ।
पहिलो हाफमा १–० लेपछि परेको इन्डोनेसियाले दोस्रो हाममा शानदार कमब्याक गर्यो । खेलको ५८ औं मिनेटमा इन्डोनेसियाले नेपालको पोष्टमा पहिलो गोल गरेको थियो । त्यस्तै खेलको ६७ औं मिनेटमा इन्डोनेसियाले दोस्रो गोल थपेको हो ।