सुदूरपश्चिमको लगातार तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको ो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ रनले हराउँदै सानदार जित हासिल गरेको छ । यो सिजनको एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित हासिल गरेको छ ।
यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई पराजित गरेको थियो । यो जितसँगै सुदूरपश्चिमको ६ अङ्क भएको छ । टस हारेर पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै बनाउन सक्यो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए ।
मार्क वाटले १७, सोमपाल कामीले १४ र गुल्सन झाले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन् । सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । त्यस्तै, हरमित सिंहले दुई, स्कट कुग्लेजिन, हेमन्त धामी र अविनाश बोहराले एक(एक विकेट लिए ।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाएका थिए भने आरिफ शेखले २७ रनको योगदान दिए ।सुदूरपश्चिमविरुद्ध कर्णालीका कप्तान सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट हात पारे ।
यसअघि कर्णालीले आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।