बार्सिलोनाको शानदार जित

Manoj Shiama
23 November, 2025 5:27 am

स्पेनिस ला लिगाको शनिवार राती भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लब माथि ४–०को प्रभावशाली जित हात पारेको छ । सो खेलको चौथो मिनेटमा नै रोबर्ट लेडवास्कीले टोलीलाई अग्रता दिलाएका थिए । फेरान टोरेसले पहिलो हाफको इन्जुरी समयमा तथा खेलको अन्तिम मिनेटमा गोल गरे । यस बिचमा फर्मिन लोपेजले ४८ औ मिनेटमा गोल गरे । 

ओहिसन सानसेटले ५४ औ मिनेटमा रातो कार्ड पाए पछि एथलेटिक क्लब १० खेलाडीमा सीमित भएको थियो । ला लिगाका अन्य खेलमा भिल्लारियलले रियल मार्लोकालाई २–१,रियल सोसिडाडले ओसासुनालाई ३–१ तथा सेल्टाभिगोले अल्भासलाई १–० ले हराए ।