विराटनगरको दोस्रो जित

Manoj Shiama
23 November, 2025 5:02 am

 सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले काठमाडौं गोर्खाजलाई ५ विकेटले हराएको छ । सो खेलसँगै विराटनगरले लगातार दोस्रो जित दर्ता गरेको छ भने काठमाडौँले दोस्रो हार व्यहोरेको छ । काठमाडौँले दिएको १३५ रनको लक्ष्य विराटनगरले पाँच विकेटको क्षतिमा १७.१ ओभरमा सहजै पूरा गर्‍यो ।

विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । काठमाडौंं भने यसअघि दोस्रो सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । पहिलो खेलमा जित हासिल गरेको काठमाडौँको दुई अङ्क छ । विराटनगरका लागि जर्ज मुन्सीले ३६ रन बनाए ।

उनले १६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, मार्टिन गप्टिलले २५, नरेन भट्टले २४, बसिर अह्मदले १९ र लोकेश बमले १४ रन बनाए । काठमाडौँका लागि शाहब आलमले दुई, करण केसी, सन्तोष यादव र गेहार्ड इरसमसले एक–एक विकेट लिए ।