लुम्बिनीको विजयी सुरुवात

Manoj Shiama
21 November, 2025 6:52 am


नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सले ६ विकेटको जित हात पारेकोे छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवनले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेटको क्षतिमा १४६ रन बनायो ।
यस सिजनमा लुम्बिनीले पहिलो खेलमा नै जित निकालेको हो । चितवन भने लगातार दोस्रो जित निकाल्न असफल भएको छ । सिजनको दोस्रो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।
लुम्बिनीको जितमा गुलबदिन नैबले सर्वाधिक अविजीत ४४ रन बनाए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, कप्तान रोहित पौडेलले ३९ रन जोडे । उनले ४४ बल खेल्दै एक चौका प्रहार गरे ।
ओपनर सन्दीप जोराले भने १८ बलमा २८ रन जोड्दा चार चौका हाने ।
बलिङतर्फ रिजन ढकालले लुम्बिनीको महत्वपूर्ण दुई विकेट लिए । उनले दुवै आपेनर सन्दीप जोरा र डी आर्सी सर्टलाई आउट गरे । सोहेल तन्बिरले लुम्बिनीका कप्तान रोहित पौडेलको विकेट लिए ।

खेलमा चितवनका कमलसिंह ऐरी खर्चिला बलर साबित भए । तीन ओभर बलिङ गर्दा विकेटविहीन भएर उनले ४४ रन खर्चिए । चितवनका कप्तान कुशल भने बलिङमा किफयाती निस्किए । उनले चार ओभर बलिङ गर्दा १६ रन मात्रै खर्चिए ।
यस अघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको हो ।
चितवनका रवीले सर्वाधिक ६६ रन बनाए । उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। कप्तान कुशल मल्लले १८ बलमा १ छक्कासहित २१ रन बनाए ।
सैफ जैब १५, देव खलान १४ र दीपक बोहरा १० रनमा पेभिलियन फर्किए। लुम्बिनीका रुबेन ट्रम्पलमनले सर्वाधिक ३ विकेट अविनाश गौतम र गुलाबदीन नाबी समान २ विकेट खातामा राख्न सफल भए ।