सुदुर पश्चिमको विजयी सुरुवात

नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिम रोयल्ससँग काठमाडौं गुर्खाज २९ रनले पराजित भएको छ ।
१४८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको काठमाडौंले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ११८ रन मात्रै बनायो ।
सुदूरपश्चिमको यो नै पहिलो खेल हो । काठमाडौंले भने अघि एक खेल खेल्दै सफलता पाएको थियो । उद्घाटन खेलमा काठमाडौंले जनकपुर बोल्टसलाई पराजित गरेको थियो ।
काठमाडौंलाई रोक्न सुदूरपश्चिमका हेमन्त धामीले महत्त्वपूर्ण दुई विकेट लिए । उनले ओपनर बेन चाल्र्सवर्थ र भीम सार्कीको विकेट लिए ।
हर्मित सिंह र स्कट कुगेलेइजनले दुई विकेट लिए । इसान पाण्डे, नरेन साउद र अविनाश बोहोराले समान १–१ विकेट लिए ।
काठमाडौंबाट आकाश त्रिपाठीले ३० बलमा एक चौका र दुई छक्काको सहयोगमा ३४ रन जोडे । जोन सिम्पसनले २४ रन प्रहार गरे । काठमाडौंका ६ खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो । सुरुवातमा ब्याटिङमा खराब देखिएको सुदूरपश्चिमको ब्याटिङलाई मध्यक्रमका ब्याटर हर्मित सिंहले उकासेका हुन् । उनले २० बलमा २ चौका र ६ छक्काको सहयोगमा ५३ रन जोडे ।ण्
दीपेन्द्रसिंह ऐरीले ३० बलमा तीन चौका र १ छक्काको सहयोगमा ३९ रन जोडे । १० ओभरमा पुग्दा ५ विकोटको क्षतिमा ५९ रनको दयनीय अवस्थमा रहेको हिर्मित र दीपेन्द्रले नै ब्याटिङ उकासेका हुन् । आरिफ शेखले भने २४ बलमा २५ रन जोडे ।