हिसान कपमा समृद्धिको उत्कृष्ट प्रदर्शन

Manoj Shiama
17 November, 2025 10:47 am

हिसान कप पश्चिम क्षेत्रीय कप २०२५ अन्तरगत सिनियर ब्वाइजको टेबल टेनिस तर्फ समृद्धिका सार्थक मानन्धरले स्वर्ण पदक जिते । सिनियर र्गल्स तर्फ पनि सोही टोलीकी रिस्ता राईले स्वर्ण पदक जितेकी छिन् । 

सिनियर ब्वाइजको टग अफ वारमा पनि समृद्धिले रजत पदक जितेको छ । सो टोलीमा करिस महर्जन, आदित्य शाही, सौरभ श्रेष्ठ, रिदम थापा, सिमोन लामा, छोवाङ लामा, सोहन महर्जन, विवेक तामाङ, समीर श्रेष्ठ डगोल र डिकेश गोदार समावेश थिए ।

सोही टोलीले सिनियर फुटसलमा दोस्रो स्थान पाएको छ । सो टोलीमा आयुश चित्रकार, मनिस गुरुङ, अमृत बस्याल, रोजिन खड्का, डानियल सेन,निश्चल थामी र सुजन घती मगर समावेश थिए । सुजन उत्कृष्ट गोलरक्षक समेत घोषित भए । सिनियर एक्सटेम्बरमा लिजा स्थापितले कास्य पदक जितिन् ।