नेपाल र बङ्गलादेश बिच बराबरी
Manoj Shiama
14 November, 2025 5:52 am

इन्जुरी समयमा डिफेन्डर अनन्त तामाङले गोल गरे पछि नेपाल बङ्गलादेशसँग हारबाट जोगिएको छ । बङ्गलादेशको ढाकास्थित ढाका नेशनल स्टेडियममा भएको खेल २–२ को बराबरीमा सकिएको हो ।
नेपालले पहिलो हाफमा रोहित चन्दको गोलमा अग्रता लिएको थियो । २९ औँ मिनेटमा रोहितले रोहितले गोल गरेका हुन् । राष्ट्रिय टोलीबाट रोहितको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो।
दोस्रो हाफमा पाँच मिनेटको अन्तरमा नै बङ्गलादेशले २ गोल फर्काएको थियो ।
दोस्रो हाफको पहिलो मिनेटमा नै हाम्जा चौधरीको गोलमा घरेलु टोली खेलमा फर्किएको थियो ।
खेलको ४९ औँ मिनेटमा नेपालका सुमन श्रेष्ठले डिबक्स भित्र बङ्गलादेशका खेलाडीलाई लडाएपछि रेफ्रिले घरेलु टोलीलाई पेनाल्टीको मौका दिएका थिए ।
हाम्जाले सो अवसरको उपयोग गर्दै घरेलु टोलीलाई नेपालविरुद्ध अग्रता दिलाएका थिए ।