एसियाली च्याम्पियनसिपमा त्रिलोकीको प्रतिस्पर्धा
Manoj Shiama
28 October, 2025 7:12 am

त्रिलोकीप्रसाद यादवले कजाक कुरेसी एसियाली कुस्ती च्याम्पियनसिपमा सहभागिता जनाएका छन् । २६ देखि ३० अक्टोबरसम्म हुने प्रतियोगितामा त्रिलोकीप्रदाद यादवले पुरुष १०० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

उनको प्रशिक्षकमा सञ्जयकुमार यादव छन् । टोलीलाई यसै साता राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र नेपाल कुस्ती सङ्घका अध्यक्ष समेत रहनु भएका राखेपका सदस्य प्रकाशकुमार कुसारीले बिदाइ गरेका थिए ।
पछिल्लो समय नेपाली कुस्तीले एक पछि अर्को सफलता पाएको छ । मुख्य प्रशिक्षक मोहम्मद इद्रिस सहितको टोलीको कुशल प्रशिक्षणका कारण यसै वर्ष नेपालका सुरेश चुनाराले महत्त्वपूर्ण सफलता पाइसकेका छन् ।