नेपाली फुटबलले पाएको महत्त्वपूर्ण  जिम्मेवारी 

Manoj Shiama
11 October, 2025 7:44 pm

अखिल नेपाल फुटबल सङ्घ (एन्फा ) को नेतृत्वले थप सफलता पाएको छ । कर्मा छिरिङ शेर्पाको नेतृत्व रहँदा लागेको कन्ट्रोल फन्डिङ ३ वर्ष पछि फुकुवा भएको छ । यसै गरी एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङ फिफाको सोसियल रेस्पोन्सिबिलीटी डिपार्टमेन्टको सदस्य भएका छन् । 

निम्न तथा मध्यम आय भएका देशको हकमा यो जिम्मेवारी अझ महत्त्वपूर्ण मानिन्छ । यसका केही आधारभूत मापदण्ड छन् । फिफाको यस विभागले संसारका धेरै देशका सरकार, मानव अधिकारवादी सगठन र अन्य विश्वव्यापी र क्षेत्रीय नियोगहरुसगँ मिलेर काम गर्छ । 

यसै गरी फिफाकै पछिल्लो काँग्रेसले सरिला श्रेष्ठ मलेखुलाई युथ र्गल्स कम्पिटिसन कमिटीको सदस्यमा मनोनयन गरेको छ । 

यी दुवै सफलता नेपाली फुटबलका लागि महत्त्वपूर्ण मानिएको छ । फुटबलको सर्वोच्च निकायले नेपाली नेतृत्वलाई दिएको यो माथिल्लो जिम्मेवारी हो । 

नेम्बाङ सदस्य रहेको कमिटीको प्रमुखमा म्यानमाका ज ज छन् भने उप प्रमुखमा अर्जेन्टिनाका जेभिएर जानेटी छन् । 

संसारमा भएका धेरै प्राकृतिक  र दैवी विपत्तिको समयमा पीडितलाई सहयोग गर्ने सवालमा र निम्न तथा मध्यम आय भएका देश तथा त्यहाँका नागरिक र सरकारलाई फुटबलमा सक्रिय राख्न यो विभागका भूमिका अझ महत्त्वपूर्ण हुन सक्ने छ ।