एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ विदेशी सहित २८ जना सम्मानित

ललितपुर । सिजन मिडियाले विभिन्न व्यावसायिक क्षेत्रमा क्रियाशीलसँगै समाजमा योगदान पुर्याएका व्यक्तिहरूलाई एसियन प्रोफेसनल एचिमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।
ललितपुरको पुलचोकस्थित द प्लाजा होटेलमा आयोजित एक विशेष कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, उपसभामुख इन्दिरा राना मगरलगायतका अतिथिहरूले सम्मान गरेका हुन् ।
कार्यक्रममा हामा आइरन एन्ड स्टिल इन्डष्ट्रिज प्राइभेट लिमिटेडका अध्यक्ष बालकृष्ण श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए । यसै गरी ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, प्रभु ईन्स्योरेन्स कम्पनीका अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्त, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, नविल बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली एसियन प्रोफेसनल एचिमेन्ट अवार्डबाट सम्मानित भए ।
यसै गरी जलविद्युत प्रवर्द्धक एवम् मादमे खोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष सुसन कर्माचार्य, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ, मोरङ अटो र्वकसका कार्यकारी निर्देशक मिलनबहादुर मल्ल पनि सम्मानित भए ।
न्यूजपोलार डटकमका प्रधान सम्पादक सुशील अर्याल, नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक एवम् प्रस्तोता शिवानी थापा बस्न्यात, ह्वाइट कोरल स्पा एकेडेमीका प्रबन्ध निर्देशक कमला गिरी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव शेरबहादुर केसी पनि सम्मानित भए । ब्लु चिप सेक्यूरेटिजका सह स्थापक एवम् प्रमुख कार्यकारी अधिकृत डिल्लीराम पङ्गेनी र गायक तथा सङ्गीतकार शिव परियार पनि सम्मानित भए ।
यसै गरी आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, लक्ष्मी हेयर एन्ड ब्युटी एकेडेमीका अध्यक्ष लक्ष्मी ठाकुर र नेपाल यूथ फिटनेस एन्ड केलिसथेनिक्सका संस्थापक एवं अध्यक्ष शुकदेव कार्की, नेपाल उद्योग वाणिज्य महासङ्घ ‘लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरम’का सभापति मनोज पौडेल, हिमालय एयरलाइन्सका प्रशासन व्यवस्थापक एवम् क्याबिन क्रूय सीमान्त श्रेष्ठ, ओमवे टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत सुरेश रिजाल सम्मानित भए ।
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सात विदेश नागरिक सम्मानित भएका छन् । सम्मानित हुनेमा गाओकिङ काउन्टी फोटोग्राफर एसोसिएसनका अध्यक्ष चेन हुआन लगायत छन् । जुबा सप्लाई एन्ड मेन्टिनेन्स कम्पनी कम्बोडियाका अध्यक्ष लिङ बोफा र होटेल इम्पेरियल इन्टरनेसनलका मेनेजिङ डाइरेकटर बङ्गलादेशका मासिउर रहमान सुमोन लगायत छन् । फोटो द न्यु नेसनका फोटो पत्रकार बङ्गलादेशी मोइनुफ्रिन अहमद, र प्रोनेस (प्रमोसनल एसोसिएसन अफ ग्लोबल नेटवर्किङ), मलेसियाका संस्थापक मनिमरन एएल सुपिया पनि सम्मानित भए । फुन्चो डेन्डुप, प्राविधिक सल्लाहकार, श्रम विभाग, भुटान उद्योग, वाणिज्य तथा रोजगार मन्त्रालयका प्राविधिक सल्लाहकार फुन्चो डेन्डुप र खुसी कार्की, मेरो डान्स विजेता थाइल्यान्डकी खुसी कार्की पनि सम्मानित भए ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र अध्यक्ष दाहालले देशलाई योगदान गर्नेहरूलाई सम्मान गर्दा अझै राम्रो काम गर्न प्रेरित गर्ने बताउनुभयो । दाहालले यस्ता कार्यले सकारात्मक र नयाँ नयाँ काम गर्नेहरूलाई ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘देशभित्र विभिन्न क्षेत्रमा मेहनत र निष्ठाद्वारा योगदान गर्नेलाई गरिएको सम्मान अत्यन्तै महत्त्वपूर्ण छ, देशलाई योगदान गर्नेहरूलाई एकै ठाउँमा राखेर सम्मान गर्दा अझै राम्रो गर्न प्रेरित गरेको छ।’
प्रतिनिधिसभाको उपसभामुख इन्दिरा राना मगर र प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले यो मञ्चको सिर्जना गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरूले देशलाई दिएको योगदान र कडा मेहनतलाई प्रेरणा दिएको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रतिभा, मेहनतलाई सम्मान गर्ने अवसरले सकारात्मक ऊर्जा प्रदान गरेको बताए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालमा राम्रो काम गर्न ज्यादै कठिन रहेकाले कठिनाइका बाबजुद केही सकारात्मक काम गर्न सफल भएको बताए ।
सम्मानित व्यक्तित्व एवं नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले विभिन्न क्षेत्रमा सेवा गर्नेहरूलाई सम्मान गरेर प्रोत्साहित गरेको बताउँदै अर्को वर्ष गाउँको दूर दराजमा बसेर सेवा गर्नेलाई सम्मान गर्न आग्रह गरे ।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले १७ वर्षको अवधिमा सामाजिक, सांस्कृतिक तथा व्यावसायिक क्षेत्रमा उत्कृष्ट काम गर्नेहरूलाई सम्मान गर्दै आएको बताए । सिजन मिडियाले यस कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका एसियाली मुलुकका २८ जना व्यक्तित्वलाई सम्मान गरेको हो ।