रग्बी, फुटबल, पौडी र साइक्लिङ सङ्घ गठन

अखिल नेपाल खेलकुद महासङ्घको सङ्घ संस्था समन्वय समिति (विशेष प्रदेश )अन्तर्गत अखिल नेपाल रग्बी सङ्घ, अखिल नेपाल पौडी सङ्घ,अखिल नेपाल साइक्लिङ सङ्घ र अखिल नेपाल फुटबल महासङ्घ को संयुक्त सम्मेलन शनिवार आयोजना भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेश मल्लको प्रमुख आतिथ्यमा सातदोबाटो खेलकुद हलमा सम्पन्न भएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रग्बी सङ्घ अध्यक्ष दीपक देवकोटा , राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं अखिल नेपाल खेलकुद महासङ्घका सह अध्यक्ष जनक बर्तौला, एन्फा महासचिव तथा महासङ्घका प्रथम उपाध्यक्ष किरण राई र उपाध्यक्ष नवराज ढुङ्गानाको उपस्थिति थियो । सङ्घ संस्था संयोजक राकेश कुमार राईको सभापतित्वमा सुरु भएको कार्यक्रममा महासङ्घका केन्द्रीय सचिव गोविन्द घिमिरे, रवीन्द्र श्रेष्ठ ,कोषाध्यक्ष एलिशा थापा ,नेपाल महासङ्घ केन्द्रीय सदस्य मनोज घिमिरे , रग्बी सङ्घका कोषाध्यक्ष दीपक अधिकारी र एन्फा प्रवक्ता सुरेश साहको पनि उपस्थिति थियो । सम्मेलनबाट चार वटै सङ्घ को नेतृत्व चयन भएको छ ।

रग्बीमा सुरेन्द्र कुँवर, साइक्लिङमा, रवीन्द्र श्रेष्ठ, फुटबलमा सुरेश साह र पौडीमा विजय लामाको अध्यक्षतामा सङ्घ गठन भएको हो । रग्बी सङ्घका बिनु खड्का जीवराज भण्डारी र सेवक शर्मा उपाध्यक्ष, विशाल श्रेष्ठ सचिव , विकास बुढा सह सचिव तथा ठाकुर प्रसाद खनाल कोशाध्यक्ष भए ।
पौडीमा रवीन्द्र पाल, रोज बहादुर तामाङ र जल बुढा उपाध्यक्ष भए । प्रामी तामाङ सचिव भए । जङ्ग बहादुर तामाङ सह सचिव, सुन्दर लामा र दीप चन्द तामाङ सह सचिव भए । आमसाङ तामाङ कोशाध्यक्ष भए । सुदर्शन केसी, प्रवीण काकी, अर्जुन कार्की, प्रवास तामाङ र हेमन्त दाहाल सदस्य भए । फुटबलमा विष्णु श्रेष्ठ र सागर घिमिरे लगायत सदस्य भए ।