पदक विजेता केन्पो टोलीलाई बधाई
Manoj Shiama
15 August, 2025 6:50 am

२५ औ विश्व केन्पो काई प्रतियोगितामा सफलता पाउने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङले बिहिबार बधाई ज्ञापन गरे । ८ देखि १० अगस्टसम्म जापानको हामामाचु सहरमा भएको सो प्रतियोगितामा नेपालका नविन आचार्यले रजत पदक जिते ।
प्रतियोगितामा बामदेव सुबेदी र मेनुका अधिकारीले पनि सहभागिता जनाएका थिए । सो टोलीको व्यवस्थापक जुना लामिछाने तथा अफिसियल नाराज बहादुर खड्का थिए ।