ब्रेभिसको शानदार पारीमा दक्षिण अफ्रिकाको जित

Manoj Shiama
13 August, 2025 7:36 am

डेवाल्ड ब्रेभिसको सतकिय पारीमा दक्षिण अफ्रिकाले अस्ट्रेलियासँगको दोस्रो टी २०मा ५३ रनको जित हात पारेको छ । दक्षिण अफ्रिकाले दिएको २१९ रनको लक्ष्य पाएको अस्ट्रेलियाले १७.४ ओभरमा १६५ रनमा समेटियो । अस्ट्रेलियाका टिम डेभिडले २४ बलमा ५० रन प्रहार गरे । उनले ४ चौका र ४ छक्काले प्रहार गरे । दक्षिण अफ्रिकाका कोरबिन बस्कले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । क्वेन मपाखाले ३ विकेट लिए पनि ४ ओभरमा ५७ रन खर्चे । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा २१८ रनको योगफल खडा गरेको थियो । दक्षिण अफ्रिकाका लागि ब्रेभिसले ५६ बलमा १२५ रन प्रहार गरे । अविजित रहेका उनले १२ चौका र ६ छक्का प्रहार गरे ।