अमेरिकामा पनि नेपालीको शान बढाउन सफल बाँकेका भेट्रान अरुण 

Manoj Shiama
8 August, 2025 11:34 am

विदेशी भूमिमा रहेर पनि नेपालीको शान बढाउने क्रममा अर्को एक नेपाली थपिएका छन् । अमेरिकाको आयोवा राज्यमा जुलाई २०२५ मा आयोजित वरिष्ठ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी भएका नेपाली मूलका अरुण राज भण्डारीले तीन पदक जितेका हुन्। 

उनी मिश्रित युगलमा स्वर्ण पदक, पुरुष एकलमा रजत पदक, र पुरुष युगलमा कांस्य पदक जित्न सफल भएका हुन् । यो प्रतियोगितामा १२,६०० भन्दा बढी खेलाडीहरू सहभागी थिए । 

६२ वर्षीय अरुणको यात्रा ५० वर्षअघि नेपालको एउटा सानो गाउँ पश्चिम बाट सुरु भएको हो । बाँकेका स्थायी बासिन्दा उनी १३ वर्षको उमेरमै ब्याडमिन्टनमा आबद्ध भएका हुन् । 

तिनै चुनौतीहरूबिच जन्मिएको उत्साह थपिएका उनी १९७९ मा राष्ट्रिय प्रतियोगितामा उप विजयी भएका हुन् । 

२० वर्षभन्दा बढी समयदेखि अमेरिका बसोबास गरिरहेका अरुण अहिले पहिलो पटक राष्ट्रिय वरिष्ठ (सिनियर )खेलहरूमा सहभागी भएका हुन् । उनको मिश्रित युगलको जोडी सुपाया ‘सामी’ टाम्वोहर्ल८८ हुन् । 

इन्डियानाको एक क्लबमासँगै प्रशिक्षण गर्दै आएका उनीहरूले यस अघि पनि धेरै प्रतियोगिताहरूमा सफलता पाइसकेका छन् ।