खेलकुद विज्ञान विभागद्वारा आयोजित कार्यशाला सम्पन्न

Manoj Shiama
1 August, 2025 6:21 pm

 त्रिभुवन विश्वविद्यालय, खेलकुद विज्ञान विभागद्वारा ‘क्लिनिकल गेट, पोस्चर तथा व्यायाम विश्लेषण’ विषयक कार्यशाला शुक्रवार विभागको एमपीएसएस सम्मेलन हल, कीर्तिपुरमा सफलतापूर्वक सम्पन्न भएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ प्रा. डा. रामकृष्ण महर्जन र अध्यक्ष विभागीय प्रमुख श्री पशुपति अधिकारी थिए । कार्यशालामा विशेष वक्ताका रूपमा भारतक सिद्धार्थ हान्स र नेपालका डा. राजेन्द्र खत्री थिए । 

सो अवसरमा प्रा. डा. प्रकाश प्रधान, प्रा. गङ्गाबहादुर थापा, प्रा. सुनोज भट्टराई, प्रा. रवीन्द्र मास्के, प्रा. रिता प्रजापति, प्रा. चन्दन कोजु, राष्ट्रिय खेलकुद परिषद्, सानका  प्रमुख कृष्ण तिम्सिना तथा उच्च प्रदर्शन विभाग प्रमुख लक्ष्मण अधिकारी लगायतको उपस्थिति थियो ।

कार्यशालामा सेमेस्टर १ र सेमेस्टर ३ का करिब ५० जना विद्यार्थीहरूको सहभागिता थियो ।