विद्यालय स्तरीय पौडी सुरु
Manoj Shiama
26 July, 2025 10:38 am

प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगिता शनिवार सुरु भयो । सातदोबाटोस्थित खेलकुद परिसर केन्द्रमा जारी २ दिने प्रतियोगितामा कुल ५३ स्पर्धा समावेश छन् ।
नेपाल पौडी सङ्घको आयोजनामा जारी प्रतियोगितामा २५० विद्यार्थीको सहभागिता छ । प्रतियोगिताले विद्यालय तहमा पौडी खेलको विकासमा सहयोग पुग्ने विश्वास रहेको सङ्घका प्रतियोगिता संयोजक मुखिया लामाले बताए ।