पुतली बनाउन विषयमा ओम शिवांश र पुपिटिर बिच सम्झौता

Manoj Shiama
10 July, 2025 6:00 am

कार्टुन एनिमेसनलाई प्रयोग गर्दै पुतली बनाउने विषयमा ओम शिवांश ट्रेडिङ लिमिटेड र पुपिटिर लन्चका बिच बुधवार सम्झौता भएको छ । शिवांशले सो ‘डल’को अनुमति पाए पछि यसको उत्पादन गर्ने छ । यस कम्पनीको सुरुवाती लागत एक करोड रुपैयाँ रहेको छ भने ४ वटा आउट लेट रहने छ । पुपिटिरले एनिमेसन गरेको डिजाइनलाई प्रयोग गर्दै शिबांशले उत्पादन गर्ने छ । 

यसको पहिलो आउट लेट लाजिम्पाटमा स्थापना हुने छ । बुधवार पुपिटिरका तर्फबाट कार्यकारी प्रमुख सुचन राज बज्राचार्य तथा ओम शिवांशको तर्फबाट प्रबन्ध निर्देशक राजीव महर्जनले हस्ताक्षर गरे । कार्यक्रममा ओम शिवांशका प्रबन्ध निर्देशक सिताराम हुमागाईँ तथा शोभा श्रेष्ठको पनि उपस्थिति थियो । महर्जनले सो सम्झौता अनुसार नानी बाबु कार्टुनलाई उपयोग गर्दै आकर्षक पुतली बनाउने बताए ।