प्रकाशलाई मुख्य प्रशिक्षकको जिम्मेवारी
Manoj Shiama
9 July, 2025 3:50 pm

खेलाडी र प्रशिक्षकको रूपमा उत्तिकै सफल प्रकाश थापा मगर बक्सिङमा मुख्य प्रशिक्षक भएका छन् । प्रकाशलाई बुधवार तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णु बहादुर सिंहले चिठ्ठी प्रदान गरे ।
प्रकाश नेपाली खेलकुदकै इतिहासमा खेलाडी तथा प्रशिक्षक दुवै भूमिकाका उत्तिकै सफलात पाउने दुर्लभ कीर्तिमान कायम गरेका थिए । काठमाडौँमा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थापा मुख्य प्रशिक्षक भएकै समयमा १३ औ दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण पदक जितेको थियो ।