रोल्पामा प्रदेश स्तरीय आइटीएफ 

रोल्पा जिल्ला आइटीएफ तेक्वान्दो सङ्घको आयोजनामा परिवर्तन गाउँपालिका अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता  २२ देखि २४ माघ सम्म पुतला चौर राङ कोटमा आयोजना हुने भएको छ ।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य माननीय दीपेन्द्र कुमार पुन मगरले गर्ने छन्  । सो कार्यक्रममा विशिष्ट अतिथि परिवर्तन गाउँपालिका रोल्पाका अध्यक्ष सुक बहादुर बुढा मगर छन् ।
यसै गरी, प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई पनि विशिष्ट अतिथिको रूपमा सहभागी हुने छन् ।
Comment