कराँते टोली फ्रान्स प्रस्थान


पेरिस ओपन करातेमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली मंगलबार फ्रान्सको पेरिस प्रस्थान गरेका छन् ।
जनवरी २० देखि २२ तारिखसम्म हुने प्रतियोगितामा अमिर राणाले ८४ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । अमिर दुबई र थाइल्यान्डमा भएको प्रतियोगिताका स्वर्ण विजेता हुन् ।
प्रशिक्षकमा १० औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कुशल श्रेष्ठ छन् । सन् २०१२ मा भएको पेरिस ओपन करातेमा कुशल खेलाडीका रूपमा सहभागी भएका थिए ।

Comment