धमला निमित्त सदस्य–सचिव


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाले राखेपको निमित्त सदस्य–सचिवको जिम्मेवारी पाएका छन् ।
राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ डिसेम्बर १ देखि ३ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको युएई राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयमा हुने एसिया रग्बी कार्यकारी समिति र इमिरेट्स दुबई रग्बी सेभेन्सको बैठकमा सहभागी हुन दुबई जानु पर्ने भएकोले धमलालाई सदस्य–सचिव घिसिङको अनुपस्थितिमा राखेपको नीतिगत निर्णय र आर्थिक कारोबार बाहेक दैनिक प्रशासनिक कार्य गर्नका लागि जिम्मेवारी दिइएको हो । सदस्य–सचिव घिसिङ मङ्गलवारै दुबई प्रस्थान गरिसकेका छन् ।

Comment