ललितपुरका पदक विजेता सम्मानित

ललितपुर जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता ललितपुरका खेलाडी सोमबार नगदसहित सम्मान गरेको छ ।
विभिन्न १९ खेलका स्वर्ण, रजत र कांस्य पदक विजेता गरी जम्मा ७३ पदक विजेतालाई सम्मान गरिएको हो । ललितपुरका खेलाडीले २० स्वर्ण, ३१ रजत र २२ कांस्य पदक जितेका थिए । स्वर्णलाई ५ हजार, रजतलाई ३ हजार र कांस्यलाई २ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, ललितपुर क्षेत्र नं. २ खका नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायतले खेलाडीलाई सम्मान गरे ।
Comment