अर्याल विश्व च्याम्पियनसिपका लागि छनोट
Manoj Shiama
16 August, 2022 12:20 pm
नेपालका चिर परिचित अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालको ‘विश्व ब्याडमिन्टन च्याम्पियनसिप–२०२२“ का लागि मनोनयन भएका छन । जापानको टोकियोमा २२ देखि२९ अगस्टसम्म हुने टोटल इनर्जी बीडब्लुएफ विश्व ब्याडमिन्टन च्याम्पियनसिप २०२२ मा लाइन जजको भूमिका निर्वाह गर्नका लागि विश्व ब्याडमिन्टन महासङ्घ(बीडब्लुएफ)ले नेपाल बाट अर्यालको चयन गरेको हो ।गत वर्ष जापानमै सम्पन्न भएको टोकियो पारा ओलम्पिक खेलमा अर्यालले सहभागिता जनाएका थिए । उनी त्यस जिम्मेवारी पुरा गर्ने पहिलो नेपाली हुन् ।
सन् २०१९ को जनवरी देखि २०२२ डिसेम्बर सम्म ४ वर्षका लागि बीडब्लुएफले उनलाई सर्टीफाइड अन्तर्राष्ट्रिय लाइन जजको मान्यता दिएको थियो ।
ब्याडमिन्टन एसिया तथा बीडब्लुएफद्वारा मान्यता प्राप्त विश्व स्तरीय बिभिन्न अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाइसकेका मिल्स एरिया, विराटनगर निवासी अर्याल नेपाल बिद्युत् प्राधिकरण मा कार्यरत रहेका छन् ।
