प्रकाशबाट साग स्वर्ण विजेता पुरस्कृत
Manoj Shiama
21 March, 2022 11:26 pm
नेपाली बक्सिङका सफल खेलाडी तथा प्रशिक्षक प्रकाश थापा मगरले गत दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल .मिनु गुरुङ,सनील शाही र भूपेन्द्र थापा मगरलाई एक लाख रुपैयाँ प्रदान गरे । साग स्वर्ण विजेता सनिल शाहीको तर्फबाट उनका बाबुले पुरस्कार ग्रहण गरे ।फुकेटमा आयोजना हुने थाइल्यान्ड ओपन बक्सिङको छनोटको समापनका अवसरमा थापाले उनीहरूलाई पुरस्कृत गरेका हुन् ।थापाले सो पुरस्कारका कारण खेलाडीको आत्मबलमा सहयोग पुग्ने विश्वास गरेको बताए ।
थापाकी आमा सुवद्रा थापा मगरले उनीहरूलाई पुरस्कार प्रदान गरिन् ।
सो कार्यक्रममा नेपाल बक्सिङ सङ्घका पूर्व अध्यक्ष उमेश मास्केका साथै सुवद्रालाई पनि सम्मान गरियो । सुवद्राका छोरा प्रकाश र रामचन्द्र थापाले आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए ।
थापा खेलाडी हुँदा दाजु भाइले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए भने प्रकाश मुख्य प्रशिक्षक भए पछि साग खेलमा नेपालले बक्सिङको तीन स्वर्ण पदक जितेको हो ।