टङ्कलाल सदस्य सचिव

नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवको टुङ्गो लगाएको छ । नेपाली रग्बीलाई नयाँ उचाइ दिने टङ्क लाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव भएका हुन् । नेपालको माओवादी आन्दोलनको उर्वर भूमि  पश्चिम रामेछापका बासिन्दा घिसिङ सरल र इमानदार व्यक्तिको रूपमा परिचित छन् ।
यस अघि हित बहादुर तामाङ युवा तथा खेलकुद मन्त्री रहेको समयमा सचिवालयमा रहँदा घिसिङको  भूमिका मुख्य रहेको थियो । हित बहादुरको कार्यकालमा भएको महत्त्वपूर्ण काममा टङ्क लालको पनि भूमिका महत्त्वपूर्ण थियो ।
स्मरणीय छ , यस अघि नेपाली इतिहासमै राजनीतिक नियुक्ति पाएर आम व्यक्तिका सामु सबैभन्दा लोकप्रिय छवि बनाएका कलमान घिसिङ पनि पश्चिम रामेछापकै बासिन्दा हुन् भने माओवादीले उनलाई राजनीतिक नियुक्ति दिएको हो ।
Comment