खेलाडी र प्रशिक्षकले लगाए खोप 

 नेपाल ओलम्पिक कमिटीको पहलमा आइतबार ओलम्पिक छात्रवृत्ति तथा वाइल्ड कार्डमा रहेका खेलाडी र प्रशिक्षकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
पाटन अस्पतालमा कराँते, जुडो, सुटिङ, एथलेटिक्स र बक्सिङका खेलाडी तथा प्रशिक्षकले खोप लिएका हुन् । यस्तै पोखरामा आर्चरी र भारोत्तोलनका खेलाडी तथा प्रशिक्षकले खोप लगाए ।
पौडीका खेलाडीले भने यसअघि नै खोप लगाइसकेका छन् । सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियोमा औँ ३२ औँ गृष्मकालीन ओलम्पिक हुँदै छ ।
खोप पाउनेमा ओलम्पिक कमिटीका पदाधिकारी र कर्मचारी पनि रहेका छन् ।
Comment