रत्न र प्रिन्स राउन्ड अफ १६ मा

Manoj Shiama
11 February, 2021 7:37 pm


त्रिभुवन आर्मी क्लबका रत्न जित तामाङ र एपिएफका प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता २०७७ को राउन्ड अफ १६ मा पुगेका छन् ।
रत्नले नवलपरासीका रोशन कुमाललाई २१-१४, २१-१२ ले तथा प्रिन्सले सेनाका पविन लिनथेपलाई २१-५, २१-९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । रत्नर प्रिन्सले भोलि हुने प्रिक्वाटरमा जित निकालेमा क्वाटर फाइनलमा एक अर्काको सामना गर्ने भएका छन् । रत्नमाथि लगातार दुई प्रतियोगितामा जित निकालेर उपाधि चुमेका प्रिन्स यस प्रतियोगितामा पनि उक्त विजयलाई निरन्तरता प्रदान गर्ने जोसका साथ कोर्टमा उत्रेका छन् । प्रतियोगिताका लागि तयारी गर्ने क्रममा प्रशिक्षण दौरान खुट्टामा हल्का चोट बोकेका रत्न जित केही असहज महसुस गरी रहेका छन् ।
चितवन जिल्ला ब्याडमिन्टन सङ्घ र हरिलाल घर्मदेवी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा स्थान बनाउनेमा एपिएफका दीपेश धामी, भोजपुरका विकास श्रेष्ठ र सेनाका नवीन श्रेष्ठ रहेका छन् । दीपेशले कैलालीका देवराज रानालाई २१-१६, २१-८ ले, विकासले सेनाका आयुष्मान नागरीलाई २१-१३, २१-९ले र नवीनले एनआरएनए दुबईका साहिल चन्दलाई २१-११, २१-१० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।
यसै गरी सेनाका हिमाल चन्द, एपिएफका प्रियान्सु सिंह क्षेत्री, साईनोका अभिषेक बोस, सेनाका प्रफुल महर्जन, बाँकेको इरफान अन्सारी, सुर्खेतका नरेन्द्र बम, सेनाका दिवस शङ्कर, धादिङका सुदीप सेढाई, सेनाका रुकेश महर्जन, एपिएफका गौतम कठायत, बुटवल ब्याडमिन्टनका सुशील गिरी पनि आजको प्रतियोगितामा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । चन्दले परासीका डोलराज मगरलाई २१-८, २१-१७, क्षेत्रीले रामनगरका दीपेन्द्र चेपाङबाट वाक ओभर, बोसले आफ्नै क्लबका सुजन थापालाई २१-१६, २१-१५, महर्जनले चन्द्रगढीका अखिल श्रेष्ठलाई २१-१३, २१-१९, अन्सारीले धन्वन्तरिका ककेश सत्यालबाट वाक ओभर, बलमे एपिएफका सुमन लिम्बुलाई २२-२०, १९-२१, २१-१९, शंकरले सुनसरी ब्याडमिन्टन एकेडेमीका दिवल लिम्बुलाई २१-११, २१-१०, सेढाईले बाराका रामकृष्ण श्रेष्ठलाई २१-११, २१-१५, रुकेशले बाँकेका विलाल वार्सीलाई २१-१२ को समान अन्तरले, कठायतले सेनाका गोकुल जोरालाई २१-१३, २१-११ र गिरीले रुपन्देहीका प्रतीक अर्याललाई २१-२३, २१-११, २१-११ ले पराजित गरेका हुन् ।
प्रतियोगिताको दोस्रो दिन भएको महिला एकलको प्रतिस्पर्धामा एपिएफकी जेशिका गुरुङ नेपाल नम्बर एक भोजपुरकी नङ्गसल देवी तामाङलाई पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेकी छिन् । जेशिकाले नङ्गशल माथि २१-१४, २१-१३ को समान अन्तरले पराजित गरिन् । भर्खरै सिराहाको गोल बजारमा आयोजनामा भएको १० औँ पुष्पलाल स्मृति ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पनि जेशिकाले नङ्गशललाई पराजित गरेकी थिइन् । यस्तै अन्तिम आठमा स्थान बनाउने क्रममा एपिएफकी प्रयाक्षी राईले चन्द्रागिरिका मनीषा खड्कालाई २२।२०, २१।१५ले, सेनाकी अनु माया राईले एपिएफकी शोभा गौचनलाई २१-१३, २१-११ले, कैलालीकी प्रार्थना देउवाले कैलालीकी प्रियानसी बमलाई २१-५, २१-६, सुनसरी ब्याडमिन्टन एकेडेमीका सीमा राजवंशीले बुटवल ब्याडमिन्टन क्लबकी पूजा बिस्टलाई २१-१०, २१-७, सेनाकी रसिला महर्जनले सूर्य दर्शनकी रिया डङ्गोलबाट वाक ओभर, एपिएफकी सुनयना मुखियाले बाँकेकी समीक्षा न्यौपानेलाई २१-६ को समान अन्तरमा र सेनाकी अमिता गिरीले एनआरएनकी सानिया चन्दलाई २१-१६, २१-१२ ले पराजित गरे ।
यु १७ छात्र तर्फ सेनाका भोजबहादुर गुरुङ एनआरएनका शाहिल चन्दलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । भोजले २१-१९, २१-१८ को जित निकालेका हुन् । यसै गरी कैलालीका सोशन साउदले धादिङका निद्धिष्ट अधिकारी माथि २१-१४,२१-१६ को जित निकाले । दाङका हिमांशु कवार मगरले सुर्खेतका प्रकाश अधिकारीलाई २१-८, २१-५, नवलपरासीका अक्षय क्षेत्रीले चितवनका लामा छिरिङलाई २१-१७, २१-१८, कपिलवस्तुका रोहित बरालले बुटवल ब्याडमिन्टन क्लबका कृश नेपाललाई २१-९, २१-१५, कैलालीका पारस उपाध्यायले बाँकेका शशि सेखलाई २१-२, २१-१७, सेनाका आयुष्मान नागरीले ललितपुरका सिद्धार्थ महर्जनलाई २१-१०, २१-१७, जेष्ट ब्याडमिन्टन एकेडेमीका क्षितिज खनालले कैलालीका शिशिर रानालाई २१-८, २१-७, गुल्मीका जेनिश थकालीले ललितपुरका निर बज्राचार्यलाई १९-२१, २१-१८, २१-१८, दाङका सुरज गुप्ताले बाँकेका राजेश बि.सीलाई २१-१२, २१-१६, सेनाका हिमाल चन्दले धादिङका निश्चित श्रेष्ठलाई २१-८, २१-१६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरे ।