श्रेष्ठ र गर्भनरविच भेट

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ तथा स्पोर्टस अफ अल कमिशनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले जापानको टोकोसिमाका गर्भनर आकिशी एण्डोको कार्यालयसंग भेटघाट गरे । उक्त कार्यक्रममा टोकोसिमाका गर्भनरले नेपाली ओलम्पिक टीमलाई विशेष प्रशिक्षणका लागि आवश्यक बन्दोबस्त मिलाउने वचन दिए ।
टोकोसिमा शहरका मेयरसँग बसेको बैठकमा पनि मेयर सुजी युनोले नेपाली खेलाडीहरुको तालिम तथा प्रशिक्षणका लागि सहयोग गर्ने साथै नेपालको खेलकुद विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि पनि सहयोग गर्ने वचनवद्धता प्रकट गरे ।

Comment