रत्न क्वाटरफाइनलमा पराजित

badminton team1
रत्न जित तामाङ्ग पुरुष एकल र जोडीमा क्वाटरफाइनलमा पराजित भएकाछन् ।
मित्र राष्ट्र बंगलादेशमा जारी योनेक्स सनराईज बंगलादेश खुला अन्तराष्ट्रिय च्यालेन्ज २०१४ अन्तरगत एकलमा रत्न मलेसियन खेलाडी जु भेन सुङ्ग संग क्वाटरफाइनलमा पराजित भएका हुन् । पहिलो सेटमा २१¬–१४ ले सुङ्गलाई पछि पारेका तामाङ्ग दोश्रो र तेश्रो सेटमा सुङ्ग संग २१–१२ र २२–२० ले पराजित हुन पुगे ।
क्वाटर फाइनल पुग्ने क्रममा उनले पहिलो चरणमा वाई पाउंदै दोश्रो चरणमा बंगलादेशका मोज्जाम हुसेनलाई २१–१७ र २१–१४ ले तथा तेश्रो चरणमा बंगलादेशकै मोहम्मद जावेद मुस्तफालाई २१–६ र २१–८ ले पराजित गरेका थिए ।
यस्तै पुरुष जोडीको खेलमा पनि रत्नजित र विकास श्रेष्ठको जोडी क्वाटर फाइनलमा बंगदादेशका खेलाडीद्वय मोज्जाम हुसेन र मिन्जा मोहम्मदको जोडी संग २४–२२, १३–२१ र २१–१६ले पराजित हुन पुगे ।
पहिलो चरणमा वाई पाएर दोश्रो चरण प्रवेश गरेका तामाङ्ग र श्रेष्ठको जोडीले दोश्रो चरणमा बंगलादेशकै तुसार कृष्ण रोय र उद्धिन साफीलाई २१–१८ र २१–१८ ले पराजित गरेका थिए ।
यसका साथै तामाङ्गले करिव २०० डलर नगद पुरस्कार प्राप्त गरेको नेपाल ब्याडमिन्टन संघका महासचिव रामजी बहादुर श्रेष्ठले जनाएका छन् ।
पुरुष एकलको अन्य खेलमा दिपेश धामीले पहिलो चरणमा बंगलादेशका चन्दलाललाई २१–९ र २१–११ले, दोश्रो चरणमा मोहम्मद अलफान रसिदलाई २१–१२ र २१–१९ ले पराजित गरे भने प्रिक्वाटरफाइनलमा भारतिय खेलाडी गौरव वैङकट संग २१–१९, १२–२१ र १३–२१ले नतिजा सुम्पे ।
मिक्स डबल्स तर्फको प्रतिस्पर्धामा विकास र नङ्गशलको जोडीले बंगलादेशका खेलाडी तुषार किष्ण रोय र रेहना परविनलाई २१–९ र २१–२०ले परजित गरे भने अर्को खेलमा मलेसियन खेलाडीसंग २१–५ र २१–९को सोझो सेटमा पराजित भए । त्यस्तै रत्न र सरादेवीको जोडीले पहिलो खेलमा मोहम्मद जावेद र एलिना सुल्ताना बंगलादेशी खेलाडीलाई २१–११ र २१–१५ले पराजित गरे भने मलेसियन खेलाडीलाई २१–१६ र २१–११ले नतिजा सुम्पे ।

Comment