मणि र इन्दिरा उत्कृष्ट

uma ushu
ऋत एकेडेमीकाद्वय मणिराज मिक्छेन पुरुष र इन्दिरा पाठक महिलातर्फ प्रथम राष्ट्रव्यापी खुला उमा ताई–ची प्रतियोगितामा शुक्रबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
उमा कुङफु संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ताइचीमा ऋतका आसिश तामाङ पहिलो भए । उनले ९.२० अंक जोडे । शंखपार्क ताइची क्लबका गोविन्द श्रेष्ठ ९.१० अंकसाथ दोश्रो तथा ऋतका मणिराज मिक्छेन ९ अंकसाथ तेश्रो भए ।
महिलाको ताइचीमा लक्ष्मी तामाङले ८.५० अंक जोड्दै स्वर्ण जितिन् । दोश्रो भएकी सुन्तली तामाङले ८.२५ अंक तथा तेश्रो भएकी प्रज्ञा केसीले ८.२० अंक जोडे । शीर्ष तीन स्थान हात पार्ने सबै ऋतका हुन् ।
विजेतालाई उमा कुङफु संघका अध्यक्ष उद्धव थापा मगर, उमा नेपालका अध्यक्ष सुरेश वैद्य, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले पुरस्कार वितरण गरे ।
कान्तिपथमा भएको एकदिने प्रतियोगताको पुरुष र महिला ताइची गरी दुई स्पर्धामा क्रमशः २० र १४ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव अनिमेशलाल श्रेष्ठले जनाएका छन् । प्रतियोगिताको उद्घाटनका अवसरमा प्रदर्शनी खेल पनि प्रस्तुत गरिएको थियो ।

Comment