भारोत्तोलन टोली थाइल्यान्डतर्फ

wt liftingभारोत्तोलन टोली थाइल्यान्डतर्फ

चौथो विश्व युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन भारोत्तोलन टोली सोमबार थाइल्यान्डको चियाङमाई प्रस्थान गरेको छ ।

मंसिर १७ गतेदेखि सुरु हुने च्याम्पियनसिपमा महिलातर्फ मनीषा रानाभाट र पुरुषमा टहलबहादुर बसेल सहभागी हुने विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहराले जनाएका छन् । प्रशिक्षकमा सञ्जयकुमार महर्जन छन् ।

Comment