हरि शिर्ष स्थानमा कायमै

archaryphot
हरि पुन डा. योगेन तुलाचन स्मृति खुला रनिङ शिल्ड धनुषवाण प्रतियोगिताकमा  ५ अंक सहित शिर्ष स्थानमा कायमै छन् । बालाजुको बिनायक बस्ती स्थित थकाली समाजमा संचालित तेश्रो दिनको खेलमा हरि अंक जोड्न असफल रहे ।  उनलाई दोश्रो दिनकोे अन्तिम डोरमा जोडेको १ अंकले शिर्ष स्थान बचाउन सफल बनायो । तेश्रो दिन उत्कृष्ट खेल प्रर्दशन गरेका मिन गौचनले २ अंक थप्दै ४ अंक सहित दोश्रो स्थानमा उक्लिएका छन् । दोश्रो दिन ३ अंक सहित सयुक्त रुपमा दोश्रो स्थानमा रहेने मध्य योगन्द्र हिराचनले भने १ अंक जोड्दै मिनसँग  ४ अंक सहित दोश्रो स्थान बचाउन सफल भएका छन् । वाङगेल गुरुङ्ग अंक जोड्न असफल भए पछि तेश्रो स्थानमा झरेका छन् । नेपाल जापन सम्पर्क समिति( थकाली सेवा) को आयोजनामा संचालित प्रतियोगितामा बुधवार मात्र ब्यक्तिगत स्पर्धामा भाग लिन काठमाण्डौ आएका पोखरेली टोलीका दिपक तुलाचनले उत्कृष्ट खेल प्रदर्शन गदै २ अंक जोडेका भने योगेन्द्र शेरचनले १ अंक जोड्न सफल भएका छन् । ब्यक्तिगत स्पर्धाको खेल बिहिवार सम्म चल्ने छ । शुक्रवार भने १० डोरका टिम स्पर्धा हुने छ ।

Comment