म्याग्दी मगरलाई उपाधि

archary1

डा. योगेन तुलाचन स्मृति खुला रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उपाधि म्याग्दी मगर समाजले हात पारेको छ । मगर समाजले नेपाल छन्त्याल संघलाई १ अंकले पछि पादै रोमान्चक जित निकाल्यो । शनिवार बेलुकी कृतिम प्रकाशमा भएको १० डोरको टिम स्पर्धामा मगर समाजले १०८ अंक जोड्दा नेपाल छन्त्याल संघले १०७ अंक जोडेको थियो । मगर समाजका रुपक पुन र हरि पुनले अचुक निशाना लगाउदै  समान २० जोडेका थिए । मन पुनले १९,जुलुक पुन र कुमार पाईजाले समान १७ तथा श्री पुर्जाले १५ स्कोरको योगदान दिएका थिए । उपबिजेता टिम छन्त्यालका तर्फबाट प्रताप छन्त्याल र हर्क छन्त्यालले समान २० अंकको योगदान दिएका थिए । त्यस्तै बलवहादुर छन्त्यालले १८,मिम प्रसाद छन्त्याल र प्रेम छन्त्यालले समान १७ अंक जोडे भने मोहन छन्त्यालले १५ अंकमात्र जोड्न सफल भएका थिए ।
बालाजुको बिनायक बस्ती स्थित थकाली समाजमा सम्पन्न प्रतियोगिताको बरिष्ट धनुषधरमा वाङगेल गुरुङ्ग र योगन्द्र हिराचन बीच बराबर ६ अंक भएपछि उत्कृष्टका आधारमा वाङगेल गुरुङ्ग बरिष्ट धनुषधर भएका थिए । सर्वोकृष्ट धनुधरका लागि वाङगेल गुरुङ्ग,हरि पुन,हर्क वहादुर छन्त्याल,रुपक पुन र प्रताप छन्त्यालले अचुक निशाना लगाउदै समान २० अंक जोडे पछि उत्कृष्टका अधारमा प्रताप छन्त्यालले सर्वोकृष्ट धनुषर्धरको उपाधि जिते । आयोजक नेपाल जापान समितिको टिम १०२ अंक जोड्दै तेश्रो भयो । बिजेतालाई थकाली सेवा समितिका केन्द्रीय अध्यक्ष खगेन्द्र भट्टचन,आयोजकका अध्यक्ष पानस गौचनलगायतले पुरस्कृत गरेका थिए । बिजेताले ३५हजार,उपबिजेताले २५ हजार र तेश्रो हुनेले १५ हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । विशिष्ट र सर्वोकृष्ट धनुषधरले आर्कषक टप«mी प्राप्त गरेका थिए ।

Comment