सुदूर पूर्वबाट नेपाली बक्सिङमा सशक्त हस्ताक्षर

नेपाली खेलकुदमा महिला हस्ताक्षर गर्बीलो छ नै । खासमा एरेनामा महिला खेलाडीको उपस्थिति र प्रभाव लामो समय देखि प्रभावकारी रहँदै आएको छ । महिला खेलकर्मीहरूको यो गर्वीलो उपस्थितिमा पछिल्ला समय केही यस्ता खेल व्यक्तित्व पनि देखिएका छन् , जो खेलाडीको रूपमा मात्र नभई रेफ्रि, प्रशिक्षक र व्यवस्थापकको रूपमा पनि त्यत्तिकै सफलता पाउँदै आएका छन् ।
त्यसो त इलामकी प्रमीला राई २९ वर्षकी भइन् । यो कलिलो उमेरमै प्रमीलाले पाएको सफलता र  पुरा गरेको जिम्मेवारीको लामो पाना शृङ्खला नै तयार हुन्छ ।  खेलाडी जीवन पछि मूल रूपमा बक्सिङ रेफ्रिको छवि बनाएकी उनले प्रशिक्षक र व्यवस्थापकको जिम्मेवारी पनि पुरा गरिसकेकी छिन् ।
अहिले नेपालमा प्राय हुने बक्सिङ प्रतियोगितामा ६ जना राष्ट्रिय रेफ्रिको सक्रियता देखिन्छ । प्रमीला सहित अनुराधा लामा,सुनिता महर्जन, दीपा पुन,शर्मिला खड्का र रमा विक ६ जना महिला राष्ट्रिय रेफ्रि अहिले सक्रिय छन् । प्रमीला, अनुराधा र सुनिताले अन्तर्राष्ट्रिय रेफ्रिको कोर्स  पनि पुरा गरिसकेका छन् । प्रमीलाले गत वर्ष लेभल वान कोर्स पुरा गरेकी हुन् ।
त्यसो त यस भन्दा अघि रमिला सिंह, निशा लो र तुलसा ठकुरी रेफ्रिको रूपमा सक्रिय तिन महिलाको अहिले सक्रियता छैन । रमिला र तुलसा बिदेसिए पछि नेपाली बक्सिङ एरेनामा उनीहरूको उपस्थिति टुटेको छ । निशा अहिले प्रशिक्षकको रूपमा सक्रिय छिन् । रिता थापा पनि रेफ्रिको रूपमा देखिए पनि पछिल्लो समय उनको उपस्थिति पनि खासै देखिँदैन । अर्का रेफ्रि विष्णु सुहाङ पनि अहिले विदेशमै छिन् ।
वि.स २०६४ मा १६ वर्षको उमेरमा उनी बक्सिङ खेलमा प्रवेश गरेकी थिइन् । ६ वर्षको खेल जीवनमा उनले थुप्रै प्रतियोगितामा सहभागिता जनाइन् । यस ६ वर्ष लामो अनुभवमा धेरै पटक उपविजेता भइन् ।  यस पछि उनी लागिन् रेफ्रिको भूमिकामा । यस भूमिकामा पनि लगातार सक्रियता देखाए पछि उनले यस ८ वर्षको बिचमा  अनगिन्ती राष्ट्रिय तथा एक अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव पनि सम्हाली सकेकी छिन् । नेपाल आर्मीमा प्रशिक्षक तथा नेपालमै भएको दक्षिण एसियाली खेलकुदको समयमा टोली व्यवस्थापनको जिम्मेवारीले उनको खेल जीवनको उचाइलाई अझ उँभो बनाएको छ ।

हरेक मानिसका जीवनमा आफ्नै अनुभव र भोगाइ हुन्छन् र आफ्नै भिन्न कथा पनि ।  जीवनका धेरै कथा मध्य केही रोमाञ्चक र केही पिडा दायक पनि । अहिले प्रमीलाको भोगाइका यी सुखद पक्षका कुरा हरू गरिएका हुन्, जुन अन्य धेरैका लागि प्रेरणाका श्रोत बनेका छन् ।
इलाममा अन्य आम नेपाली झैँ सामान्य परिवारमा उनी जन्मिएकी हुन् । विद्यालयमै रहँदा उनले फुटबल खेल्न सिकिन् । खेलकुदमा उनको त्यत्तिकै रुचि  छदै थियो । उच्च शिक्षाका लागि जब उनी कलेज पुगिन् कलेजमा बक्सिङको प्रशिक्षण देखिन् । त्यहीँबाट उनले पनि प्रेरणा पाएकी थिइन् । यसै खेलमा लाग्ने उनको इच्छामा सुरुवातमा त परिवारबाट पनि साथ पाइनन् । तर, अन्त्यमा बाबुले माने पछि पहिलो पटक राष्ट्रिय प्रतियोगितामा उपविजेता हुन सफल भइन् । यसले परिवारमा समेत एक खाले उत्साह थपेको थियो ।
हालको दिनको सफलता पछि अबको उनको योजना टु स्टार रेफ्रि कोर्स हो । जीवनको यो सफलताको श्रेय अहिले साथमा नभए पनि उनी आफ्ना आमा बाबुलाई सदन चाहन्छिन् । साथै उनी आगामी पुस्तालाई समेत निरन्तर आफ्नो अभियानमा लागेमा एक दिन पक्कै सफलता पाउने जनाउँदै निरन्तर मिहेनतका लागि प्रेरणा दिन चाहन्छिन् ।
Comment