परिश्रममा दृढ सिमोन

simon 2
सीमोन केसी, खुला तौल समुहका कराते खेलाडी । हालसम्म त्यत्ति चर्चामा रहेका नाम होइनन्, । तथापी पछिल्लो समयको यीनको जागरुपता र महिनेतकै कारण यीनीबाट आशाबादीहुने ठाउँ भने छ । करातेको पवीत्र भुमि जापान मानीन्छ । यसै देशमा सन् २०२० मा आयोजना हुने ओलक्पिकमा कराते समाबेश हुनेमा संसारका थुप्रै कराते कर्मी आशाबादी छन् । यो पाच बर्षको समय मिहेनत र परिश्रम गरे एउटा नया पाइला कोर्न सकिने सम्भावना नेपालीको पनि नभएको होइन । त्यो पाच बर्षे यात्राको विचमा आउने राष्ट्रिय प्रतियोगिता, क्षेत्रीय र महादेसिय प्रतियोगिताको सफलता संगै त्यहासम्मको उचाइ छुने चाहना जो कोही कराते खेलाडीका लागि स्वभाबिक हो । सिमोनका लागि पनि ती चाहना र इच्छा जाग्न थालेको छ ।
केसी परिवारको सामाजीक जिवनमा तीन पुस्ता देखि नै प्रभाव रहदै आएको छ । कुनै समय बोजमा छन्द्र बहादुर खत्री प्रधानपञ्च हुदा यीनी समाजसेवामा परिचित थिए । यीनका छोरा हरिशरण केसी काठमाडौमा आएर परिचीत करातेकर्मी भए । यीनै परिचित कराते कर्मी हरिशरण वादोरियो करातेमा नेतृत्व दायी भुमिकामा रहे । यीनमा एउटा रहर जाग्यो । छोरालाई पनि स्टार बनाउने ।
बाबु हरिशरणको प्रेरणामा रहेका सिमोन केसी वादोरियो करातेमा परिचीत नाम हो । खासमा नेपाली करातेमा सितेरियो खेल्नेकै प्रभाव छ । गोजुरियोका शशांक श्रेष्ठ र सोतोकानका दिवस दिबस श्रेष्ठ समय समयमा चुनौती बनेर देखिए । यस पटक भने वादोरियोका सिमोन राष्ट्रिय टोलीमा प्रबेश पाउने र स्टार बन्नेमा उनका प्रशिक्षक समेत रहेका कुशल श्रेष्ठ आशाबादी छन् । कुशल भन्छन्, ‘ उनी मिहेनती छन् । परिश्रामी छन् । मिहेनत र परिश्रम गर्नेको दिन त  आइनै हाल्छ । ’ उनले केही समय राष्ट्रिय टोलीसंगै प्रशिक्षण गर्ने अबसर पाए । त्यसो त उनले वादोरियोमा रहदा शुक्र राइबाट धेरै कुरा सिकेका थिए । उनले यसलाई परिस्कृत गर्ने अबसर राष्ट्रिय टोलीमा रहदा पाए ।  पछि राष्ट्रिय खेलाडी मात्र प्रशिक्षण गर्ने नया निती बन्यो । सिमोन भने कुशलसंग छुट्टै प्रशिक्षण गर्न थाले । किनकी उनलाई कुशलप्रति एकखाले बिश्वास थियो । भन्छन्, ‘ पहिला पनि धेरै सिके । तर, अहिले कुशल गुरुले पुरानो सिकाइलाई परिस्कृत गर्ने काम गरिरहनु भएको छ । ’
सन् २०११ मा कालो पेटी बाधेका उनले सन् २०१३ र २०१४ मा त सफलताको श्रृंखला नै चुमे । २०१३ मै ओकीनावा गोजु्रियो कराते ओपन प्रतियोगितामा उनले स्वर्ण जिते । वादोरियोको दक्षिण एसियाली च्याम्पियनसीपमा समेत उनले दुइ सफलता हात पारे । सन् २०१३ मै उनले अन्तराष्ट्रिय वादोरियो कराते च्याम्पियनसीपमा पहिलो स्थान पाएका थिए । उनले सन् २०११ मै एक महत्वपूर्ण सफलता पाएका थिए ।
उनले समना देख्न थालेका छन् । सातौ राष्ट्रिय खेलकुदको सपना । त्यो भन्दा अघि जिल्ला र क्षेत्रीय छनोटको बाटो । त्यस पछिको लामो सपना छ । जापानमा सन् २०२० मा हुने ओलम्पिक खेलसम्म आफूलाई निखार्दै लाने । उनी भन्छन्, ‘ सन् २०२०को ओलम्पिक हरेक करातेकर्मीका लागि स्वर्णीम अनुभुतीको अबसर हुन सक्ने छ । त्यसलाई उपयोग गर्न पाच बर्ष कठिन मिहेनत गर्नै पर्छ । ’ राष्ट्रिय टोलीका समेत प्रशिक्षक रहेका कुशल भन्छन्, ‘ उनको यही सिक्ने चाहनाले म उसंग प्रभावित छु र आशाबादी पनि छु । ’

Comment