तेक्वान्दोमै समर्पीत मास्टर

master ganesh1
नेपाली तेक्वान्दोको विकासमा थुप्रै सहयोगी हातहरुको भुमिका रहेको छ । खासमा विदेशमा रहने तेक्वान्दोकर्मीको यो खालको भुमिका रह्यो । जहा रहेपनि नेपाली तेक्वान्दोका लागि समर्पीत रहने उनरुहरुको प्रतिबद्धता यथाबत रहेको छ । यसै खाले प्रतिबद्ध नाममध्य हाल हङ्गकङ्गमा रहेको मास्टर गणेश गुरुङ्ग एक हुन् । बिश्व हान्मोडांग तेक्वान्दो प्रतियोगितामा चार पटक सहभागिता जनाएका मास्टर गुरुंगले खेलाडीको रुपमा सन् २००६ मा भएमो पाचौ मैत्री तेक्वान्दो प्रतियोगितामा फीरोगीमा रजत तथा पुम्सेमा काश्य पदक जितेका थिए । हाल हङ्गकङ्गमा टप माउन्टेन तेक्वान्दो डोजांगका सञ्चालक मास्टर गणेशका पाच शाखा छन् । यसैगरी, नेपालको पर्वत, पोखरा र चितवनमा टप माउन्टेनका शाखा विस्तार भएका छन् । उनको बिशेष सहयोग र विदेशमा रहेर पनि निरन्तरको सहयोगका कारण यी तैनै शाखा दिनानुदिन अघि बढ्दै छन् ।
पर्वत दुर्लुङका गणेश आइडी भएका कारण २० बर्ष अघि उनी हङ्गकङ्ग पुगेका थिए । त्यहा उनले नम्बर जंग गुरुंगसंग तेक्वान्दो सिके । पाचौ डानका उनी आफै मास्टर भए पछि उनको मातहतमा अहिले २ सय शिष्य छन् । ३०० भन्दा बढीले उनीबाट सिकी सकेका छन् । उनकै शिष्यले त्यहाको राष्ट्रिय स्तरको प्रतियोगितामा लगातार तीन पटक स्वर्ण पदक जितिसकेका छन् । नेपाली तेक्वान्दोमा सहयोग गर्ने क्रममा उनले माउन्ट एभरेस्ट तेक्वान्दो प्रतियोगिताको सफलताका लागि बिशेष सहयोग गरेका थिए । सामाजीक जिवनमा सक्रिय गणेशको यसै खाले सहयोगले निरन्तरता पाउदै आएको छ । एनआरएन हङ्गकङ्गका साधारण सदस्य उनी अन्य देशमा रहेका नेपाली तेक्वान्दोकर्मीको सम्पर्कमा रहने गरेका छन् । त्यही रहेर उनले नेपाली कलाकाकर बोलाउदै सास्ंकृतीक गतीबीधी पनि गर्दै आएका छन् ।
आठौ दक्षिण एसियाली खेलकुदमा प्राप्त उचाइ र सफलता कायम नरहनुमा उनी दुखित छन् । राजनितिक नेतृत्वले तेक्वान्दोलाई नजरअन्दाज गरेको जस्तो उनलाई लागेको छ  । नेपालमा सुबीधा र अबसर नभएका कारण राम्रो बैदेशिक प्रशिक्षण नभएको उनी बताउछन् । सन् २००४ मा हङ्गकङ्गमा रेफ्रि र प्रशिक्षक भएका उनी सन् २००८ मा मास्टर इन्स्ट्रक्टर भए । सन् २०१३ मा उनले हान्माडान रेफ्रि कोर्ष गरे । सन् २०१४ देखि उनी अन्तराष्ट्रिय रेफ्रि पनि भएका छन् ।

 

Comment