जुडो खेलाडीको प्रदर्शन सन्तोषजनक


विपिन श्रेष्ठ नेपाल जुडो संघका कोशाध्यक्ष । जुडोमै समर्पीत विपिनकेही दिन अघि भएको एसियाडको जुडो स्पर्धामा नेपाली टोलीको हौसला बढाउन ब्यक्तिगत खर्चमा नै इन्चोन पुगेकुा थिए । विपिनसंग गरिएको कुराकानीको सार संक्षेप

एसियाडमा नेपाली जुडाको प्रदर्शन कस्तो रह्रयो ?
हुन त पदक नजिते पछि धेरैको आलोचना हुदो रहेछ । तर पनि नेपाली जुडो खेलाडीको स्तर पहिलो भन्दा रामे पाए । पहिला ८ या १० सेकेन्ड रिंगमा टिक्न कठिन हुन्थ्यो । अहिले यो क्रम हटेको पाए । हाम्रा खेलाडी पनि ३ या चार मिनेट रिंगमा टिक्न थालेका छन् । त, यो पर्याप्त होइन। राज्य र अन्य सबै सरोकारवालाले ध्यान दिए अझै पनि जुडो खेलले केही सफलता दिलाउन सक्छ ।
अन्य एसियाली मुलुकको तुलनामा नेपाललाई कहा पाउनु भयो ?
नेपाल धेरै तल छ । आर्थीक रुपले र अन्यण् विकासको रुपमा पनि । यसैको अबसर खेलकुदमा पनि परेको हुन सक्छ । हाम्रा खेलाडी लाम्रो समय बन्द प्रशिक्षणमा बस्न पनि पाउदैनन् । विदेशीले दुइ बर्ष देखि बन्द प्रशिक्षणमा खेलाडीलाई राख्छन् । हाम्रा लागि यो धेरै कठिन हो । यस प्रतिकुल अबस्थामा पनि नेपाली जुडो खेलाडीले गरेको प्रदर्शनमा म सन्तुष्ट छु ।
नेपाली जुडोको भबीश्य कस्तो छ ?
Bipin
विगत देखि नै सम्भावना बोकेको खेल हो, जुडो । नेपालले आशंीक सफलता पनि दिलाएको छ । मलाई लाग्छ, दक्षिण एसियाली खेलका लागि अहिले नै सचेत भए अझै पनि जुडोले राम्रो गर्न सक्छ ।

Comment