काठमाडौ, पटियाला र पर्सामा उत्कृष्ट अब पालो अमेरिकामा

rajesh
काठमाडौ त्रीपरेश्वरमा अबस्थित राष्ट्रिय खेलकुद परिषद् र  दशरथ रंगशालाको परिसर, दैनिक हजारौ जनाको भिडभाड हुने ठाउ । अनेक ब्यक्तिको उपस्थिती हुने गर्छ , दैनिक रुपमा । आफ्नै मिहेनतले समाजमा स्थापीत हुन चाहनेको ठूलो जत्थाको पसिना बहने ठाउ हो यो । देशभरीका खेलकुद प्रशिक्षण केन्द्रबाट निखारिएर आउने थुप्रैका लागि जिवनको महत्वपूर्ण परिक्षा दिने ठाउ पनि यही हो । यहा पसिना बगाउन आउने थुप्रै नाम मध्य एउटा परिचित ब्यक्तित्व राजेश कर्माचार्य धनुषाबाट काठमाडौ आएका थिए । नेपालको केन्द्रिय खेलकुदमा  उनको उपस्थिती जुडो खेलाडीको रुपमा भएको थियो । पछिल्लो समय उनको उपस्थिती जुडो सचिवालयका महत्वपूर्ण ब्यक्तिको रुपमा थियो । अध्ययनशील, मिहेनती र खेल भावना बुझेको खेलकर्मी भएकै कारण उनी हरेक जुडो प्रतियोगितालाई ब्यबस्थित गर्न सफल भए । नेपालमा रहदाको उनको समग्र खेलजिवनलाई हेरेर भन्नु पर्ने सत्य के हो भने प्रकृतीले नेपाली खेलकुदका लागि जन्माएको ब्यक्तित्व खेलकुदका सरोकारवालाले कहिल्यै बुझेनन् र उसको पूर्ण उपयोग गर्न पनि सकेनन् ।
खेलाडीको रुपमा राजेश नेपाली खेलकुदमा खासै चर्चा गर्न आबस्यक नहुन सक्छन् । तर, उनी प्रतियोगिता निर्देशक भएर आयोजना भएका हरेक प्रतियोगिता अन्य खेलका अधीकारीले पनि हेरेको भए आफ्नो खेललाई ब्यबस्थित गर्न एउटा राम्रै पाठ हुन सक्थ्यो । काठमाडौका यी दुइ अध्यायका विचमा उनले लामो समय बिरगञ्जमा विताए । खेलाडी जिवन पछि पटियालामा एनआइएस कोर्ष गरेका उनी पटियाला एनआइएसमा सबैभन्दा उत्कृष्ट ठठहरिने नेपाली हुन् । त्यो सैद्धान्तीक ज्ञान लिएर २०५२ सालमा विरगञ्ज पुगेका राजेशले मान्छे खाजेरै जुडो खेलाउन थालेका थिए ।
सुरुवातमा भयंकर कठिनाइकोे सामना गरेका राजेश एकाएक नेपाली जुडोका नायक भए । जुडोमा अपरिचित पर्सा नेपाली जुडोको अपराजेय पावर हाउस बन्यो । सुब्रत श्रेष्ठ, राधादेवी राइ, रञ्जु राइ, पृथ्बी आलोक, लीला अधीकारी, सुसीला अधीकारी, प्रमिला खड्का इन्दिरा राइ र सरिता चौधरी जस्ता अनेकन खेलाडी छन्, जसलाई जुडो रिगमा देखे पछि राजेशले पर्सा जुडोमा बगाएको पसिनाको याद गर्नै पर्छ ।
पर्सा जुडोको हिजोको उत्कृष्टताले भन्छ, नेपाली खेलकुदमा केही फरकपन दिने र खेलकुदको सिंगो परिदृष्यलाई फेर्न सक्ने सिमीत खेलकर्मी नेपालमा जन्मीएको थियो भने त्यो मध्यको एउटा उदाहरणीय नाम राजेश कमाचार्य नै हो । उत्कृष्ट प्राबीधीक राजेशको अर्को विशेषता थियो, उनी अन्य खेलका प्राबीधीकसंग पनि उत्तिकै सहकार्य गर्न रुचाउथे । नितान्त जुडोको प्राबीधीक विषय भन्दा खेलकुदका सर्वमान्य बिषयमा सबैसंग सल्लाह गर्ने बानी परेका उनी, डाइटिग, फीटनेस ,स्ट्रेन्थ र स्टामीना सबैको बारे चासो राख्थे । यसकारण अन्य खेलका प्रशिक्षकका लागि प्रीय पात्र बनेका थिए, उनी नेपालमा रहदा ।
अहिले अमेरिकामा रहेका राजेशले युएस नेपाल जुडो एसोसीएसनको रुपमा क्लबको स्थापना गरेका छन् । कठिन परिश्रम र काममा दत्तचित्त उनीबाट कमसेकम नेपालीले अझै आशा गर्न सक्छन् की अमेरिकाको प्रभावकारी जुडो क्लबको सञ्चालक नेपाली हुन् भनेर कुनै दिन स्थापीत होस । पर्सा जुडोले मारेको फड्कोले हेर्नहरुले अमेरिकी राजधानी न्युयोर्कमा रहेको यो क्लब अमेरिकाी जुडोमा पनि भिन्न छाप छाड्न सफल हुने छ भन्नेमा आशाबादी रहनु स्वभाबिक हो ।

Comment