नबीता ः पूर्ण टेबटल टेनिस ब्यक्तित्व

nabita tte
भारतको सिलोङमा भएको १२ औ दक्षिण एसियाली खेलकुदमा नेपालले जितेका हरेक पदकका आफ्नै महत्व र बिशेषताहरु छन् । यी हरेक पदकसंगै नेपाली खेलकुदमा पाच दर्जन भन्दा बढी सफलताका कथा लेखिएका छन् । यी भिन्न सफलताका कथासंगै टेबलटेनिस स्टार नबीता श्रेष्ठले एलीना मर्हजनसंग मिलेर जितेको महिला युगलको काश्य पदकको आफ्नै महत्व छ ।
डल्लुमा जन्मेकी हुर्केकी नबीता सक्रिय भएर टेबल टेनिस खेल्न थालेको १३ बर्ष भयो । बिजेश्वरी स्कुलमा आठ कक्षामा पढ्दा पढ्दै यो खेलमा लागेकी थिइन्। उनीआठ कक्षामा पढ्ै थिइन् । त्यसै समयमा उनको विद्यालय विजेश्वरीमा प्रशिक्षक रहेकी राकेश मर्हजनको सल्लाहमा तेक्वान्दोकी रेडब्ल्याक नबीता टेबलटेनिस खेल्न थालेकी थिइन् । टेबलटेनिस दुनियमा प्रबेश गरेको छोटो समयमा नै उनको जिवनमा सफलताका आयामहरु थपीन थाले । २०६१ मा पोखरामा भएको ३१ औ राष्ट्रिय च्याम्पियनसीपमा क्वार्टरफाइनलमा प्रबेश गरेकी उनी सन् २००६ मा कोलकाता, सन् २००८मा कराची र सन् २००९ मा जयपुरमा भएको दक्षिण एसियाली जुनियर च्याम्पियनसीपमा काश्य पदक जित्न सफल भएकी थिइन् ।
नौ बर्ष पछि सीनीयर स्पर्धामा समेत पदक जित्न सफल भएकी नबीताले यस विचमा थुप्रै आरोह अबरोहको सामना गर्नु प¥यो । जुनियर तहमा छाइरहेकी नबीता काठमाडौमा भएकी पाचौ राष्ट्रिय खेलकुद नबीता जुनियर प्रतियोगिता छाडेर सीनीयरमा पहिलो फड्को मारिन् । त्यसै प्रतियोगितामा उनी सेमिफाइनलमा रिता प्रजापतीसंग पराजित भएकी थिइन् ।
त्यस पछि फड्को मारेकी नबीताले ढाकामा भएको ११ औ दक्षिण एसियाली खेलकुदको छनोटको क्रममा भएको तीन चरणको छनोटमा तीनवटैमा पहिलो स्थान पाएकी थिइन् । बिराटनगरमा भएको ३३ औ राष्ट्रिय च्याम्पियनसीपमा सफलता पाए पछि नबीताले लगातार पाच पटक उपाधिलाई सुरक्षित गरेकी हुन्। पहिलो पटक स्वेच्छा नेम्बाङ्गलाई हराउदै उपाधि जितेकी उनले बि.स २०६८ मा महेन्द«नगरमा भएको च्याम्पियनसीपमा रेनुका खत्री, बि.स २०६९ मा धनगढीमा रबिना देसार र त्यस पछि काठमाडौमा भएको दुइ सस्करणमा एलीना मर्हजनलाई हराउदै एकछत्र साख कायम राखिन् ।
लागातार सात बर्ष नेपाली टेबलटेनिसमा जमाएको यो प्रभाव पछि जापान, चीन,फ्रान्स र मलेसियामा भएको बिश्व च्याम्पियनसीपमा सहभागिता जनाइन् । नतीजा मिश्रीत रहेको छ, सबै प्रतियोगितामा । टिममा होस या एकलमा उस्तै प्रदर्शन रहेकी यी स्टार बिश्व बरियतामा ४३६ औ स्थानमा रहनुलाई आम खेल बिश्लेषकले सफलताको रुपमा लीएका छन् । नेपाल राष्ट्रिय तथा तथा अन्तराष्ट्रिय खेलाडी संघले प्रदान गर्ने बर्षको उत्कृष्ट खेलाडी पुरस्कार पनि बि.स २०६८ देखि लगातार तीन पटक पाउन सफल भइन् । नेपाल खलकुद पत्रकरा मञ्चले प्रदान गर्ने अवार्डमा पनि उनी बि.स २०६८ मा फिमेल प्लेयर अफ द इयरको मनोनयनमा समेत परेकी थिइन् । यो सफलताको कथामा साथ दिने परिवार, प्रशिक्षक, विबेश गरेर अहिले अमेरिकामा रहेका सुसील पौडेल, टोलीका अन्य खेलाडी र समर्थक सबैप्रति उनी आभारी छिन् ।
१३ बर्ष अघि टेबल टेनिसमा प्रबेश गर्दा बिजेश्वरी स्कुलका टेबलटेनिस प्रशिक्षक राकेश मर्हजनको भुमिका उनको जिन्दगीमा प्रमुख थियो । अहिले राकेश उनका जिन्दगीका सहयात्री बनेका छन् । अनी १३ बर्ष अघि झै नबीताको टेबलटेनिस जिन्दगीको अभिभावक पनि । सम्भवतः नबीताको जिन्दगीको यो नै सबैभन्दा प्रमुख पाटो हो । खेल जिन्दगी र पारिवारिक जिन्दगीमा समय ब्यबस्थापन देखि यावत ब्यबस्थापनको समस्या पर्दैन । यी सबैमा राकेश आफै अग्रसर हुन्छन् ।
नेपाल पुलिस क्लबमा कप्तानको भुमिका समेत सम्हालेका तथा राष्ट्रिय स्तरको प्रतियोगितामा राम्रो छाप छाडेका राकेश र नबीता दुवैको टेबल टेनिस प्रतिको समपर्ण बराबर नै छ । यसै समपर्णको कारण दक्षिण एसियाली खेलकुदमा नबीता र एलीना मर्हजनको नन्द भाउज्युको जोडी पदक जित्न सफल भएको थियो । राकेशकै अर्की बहीनी एरिका मर्हजन पनि टेबल टेनिसकी परिचित खेलाडी हुन् ।
नेपाल टेबटल टेनिसमा समर्पीत यो परिवारको एउटै लक्ष्य रहेको छ । आगामी दिनमा एउटा राम्रो एकेडेमी खोल्ने । ब्यबस्थापन संकायमा स्नातोकोत्तरकी विद्यार्थी नबीतामा खेलको प्राबीधीक विषयका साथै ब्यबस्थापकीय कुराको पनि त्यत्तिकै ज्ञान छ । आफू खेलाडी हुदा बैज्ञानीक प्रशिक्षण पाएको भए अझ राम्रो गर्ने उनको मत छ । तर, आगामी पुस्तालाई राम्रो प्रशिक्षण दिएर नेपाली टेबलटेनिसमा एउटा नया आयाम थप्ने उनको योजना पूर्ण र सार्थक हुने अनुमान टेबलटेनिस बृत्तमा धेरैको छ नै । उनले पुष्टि पनि गरिसकेकी छिन् । उनले नै टेबल टेनिस सिकाएर स्यान्टु श्रेष्ठ जुनियर च्याम्पियन भइसेका छन् ।
२५ बर्ष बर्षे उमेरमै नबीतामा एउटा परिपक्वता देखिएको छ । खेल प्रतिको समपर्ण छ । यसै समपर्णको कारण उनी लामो समय नेपाली टेबलटेनिसकी स्टारको रुपमा छाइन् । प्रशिक्षकको रुपमा उनको दक्षता पुष्टि भयो । ब्यबस्थापन सोच र दृष्टकोण छ । समपर्ण भाव छ । यसै कारण उनी नेपाली टेबल टेनिसमा नया आयाप थप्न सक्ने ब्यक्तित्वको रुपमा देखिएकी छिन् । उनले पुरा गरेको ए लेभल एटीटीएफ लेभल वान कोचेज कोर्ष र राष्ट्रिय रेफ्रिको दक्षता उनको लक्ष्यमा पक्कै सहयोगी हुने छ । उनको यो अभियानमा त्यत्तिकै प्रतिबद्ध छन्, उनको ब्यक्तिगत जिन्दगीका सहयात्री तथा टेबलटेनिस जिवनका अभिभावक राकेश मर्हजन ।

Comment