जितका पयार्य कपिल गुरु

kapil1111राष्ट्रिय खेलकुद परिषद्, जहा थुप्रै प्रशिक्षक छन् । धेरैका लागि आफ्नो सामथर््य पुष्टि गर्ने थलो । केहीका लागि एउटा जागीर मात्र । कसैको जिवनको सम्पूर्ण अंश त कसैका लागि खेलाडी जिवन पछिको जिवन ब्यतितको एउटा माध्यम मात्र । त्यसै अनगीन्ती  प्रशिक्षकको हुलमा एउटा ब्यक्तित्व कपिल किशोर श्रेष्ठ ।
नेपाली भलीबलमा हाल उनको परिचय एपीएफका प्रशिक्षक । उनको टोली पुरुषमा दोस्रो तथा महिलामा अब्बल । उनको स्तरीयता पुष्टि गर्न यो नै पर्याप्त छ । यत्ति मात्र होइन, अध्ययनसील र भलीबलको बारे कुने पनि कुराको जानकारी राख्ने उनको थप बिशेषता हो । उनकै बारेमा अन्य खेलका प्रशिक्षक पनि धेरै कुरा सिक्नु पर्ने बताउछन् । बक्सींग प्रशिक्षक प्रचण्ड शर्माकै अनुसार अध्ययन गर्ने बानी रहेका प्रशिक्षक मध्यका एक कपिल किशोर हुन् ।
सुनसरीका कपिल किशोर श्रेष्ठ बि.स २०३१ देखि २०३७ सम्म नेपाली राष्ट्रिय भलीबल टोलीमा रहको थिए । त्यसो त नेपाली भलीब टोलीसंग त्यत्तिधेरै अन्तराष्ट्रिय खेलको अनुभब छैन । राष्ट्रिय टोलीमा रहदा उनले सन् १९७६ मा पाकिस्तान, त्यसको एक बर्ष पछि चिन र त्यसको एक बर्ष पछि रुषमा गएर खेलेका थिए ।
प्रशिक्षकको रुपमा गर्वीलो इतीहास बोकेका कपिल किशोर नेपालले पाएका  दुइ प्रतियोगितामा टोलीका प्रशिक्षक थिए । गत बर्ष उनकै प्रशिक्षणमा काठमाडौमा भएको पहिलो दक्षिण एसियाली पुरुष भलीबल प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । यो भन्दा अघि अन्तराष्ट्रिय प्रतियोगितामा जिम्मेवारी बहन गर्नेृ क्रममा उनले क्रममा सन् १९८६ मा सोलमा भएको एसियाली खेलकुदमा नेपाली टोली सम्हालेका थिए । सन् १९९५ मा भारतको भद्रासमा भएको सातौ दक्षिण एसियाली खेलकुदमा पनि कपिल नेपाली टोलीका प्रशिक्षक थिए । काठमाडौमा सन् १९९९ मा भएको आठौ दक्षिण एसियाली खेलकुदमा नेपाली महिला भलीबल टोलीले काश्य पदक जित्दा पनि कपिल किशोर मुख्य प्रशिक्षक थिए ।
स्टार खेलाडी जमघट गराएर उपाधि जित्ने र डम्फू पिट्ने नेपाली खेलकुदको पुरानो परम्परा हो । यो भन्दा पृथक छन् कपिल किशोर श्रेष्ठ । बर्तमान एपीएफ टोलीको पुरै संरचना उनले तयार पारेका हुन् । उनी आफैले एपीएफमा पुगेर तयार पारेको पुरुष भलीबल टोली छैटौ राष्ट्रिय खेलकुदमा आइपुग्दा यो देशको च्याम्पियन हुने हैसियत राखिसकेको थियो ।
४० का दशकमा नै प्रशिक्षक जिवनको सुरुवात गर्दा उनले जाउलाखेललाई नेपालको अब्बल टोली बनाए । यो क्रम ५० को दशकको मध्यसम्म रह्यो । उनी अर्को अनुभब सुनाउछन्् । आर्मीको किंग्स ब्यानर कपमा गणेश दल र महेन्द्र मदल सामान्य टोली थिए । उनले हेर्न थाले पछि यी दुइ टोलीनै आर्मीको आन्तरिक प्रतियोगिताका बलिया टोली भए । नेपालको घरेलु भलीबलमा आर्मीसंग प्राय फाइनलमा पुलिस क्लब हार्ने गरेको थियो । अमरसिंह शाह र रमेस खरेलसंग कुरा भए पनि कपिल किशोरले पुलिस टिमको जिम्म्वारी सम्हाले । त्यस पछि पुलिस टिमकको जितको यात्रा सुरुवात भयो । भरत साहको नेतृत्वमा रहेको प्रेम भण्डारी, सरोज श्रेष्ठ, सञ्जय अर्याल र इम राना मगर सहितको त्यो टोली घरलेु प्रतियोगितामा जितको प्रतिक मानीन थाले । पुलिस क्लबमा नै उनले महिला टोलीको संरचना तयार गरे । उनैले संरचना तयार पारेको त्यही टोली अहिले प्रभावकारी रहेको छ । पाचौ राष्ट्रिय खेलकुदको समयमा उनी एपीएफमा आबद्य भए ।
छैटौ राष्ट्रिय खेलकुदमा आइपुग्दा उनको एपीएफ पहिलो सन हात पार्न सफल भयो । त्यसको एक बर्ष पनि वित्न नपाउदै उनले संरचना तयार पारेको एपीएफको महिला टोली पनि शिर्ष टोली बन्यो । अहिले एपीएफको महिला टोली शिर्ष टोली छ भने केही खेलाडी विदेशीएका र कतीले भलीबल खेल्न छाडेको कारण एपीएफको पुरुष टोली पुर्ननिमार्णको क्रममा छ । उनले बनाएको टोलीका  दिपेन्द्र भट्ट,सुनील, नरेस चन्द, सुनील   श्रेष्ठ  र कैलास भट्ट जस्ता खेलाडी विनाको एपीएफ फेरी तयार पार्न केही समय लागे पनि त्यस पछि जितको क्रम सुरु हुने धेरैको अनुमान छ । उनले प्रशिक्षण जिवनमा गरेको थुप्रै उपलब्धी मध्य  उनी आफैलाई सन्तोष लाग्ने काम चाही नेपालका दुइ विभागीय खेलकुदमा महिला भलीबल टोली प्रबेश गराउन सफल  हुनु हो । उनलाई बिश्वास छ अब उनी जहा भए पनि एपीएफ र पुलिस क्लबमा महिला टोली रही रहने छ ।
इन्टरनेसनल प्रतियोगिता र एक्सपोजरको अभावमा प्रशिक्षकको खासै क्षमता बृद्धी हुन नसक्ने बताउने कपिल आफैले  अन्य नेपाली प्रशिक्षक जस्तै पटियालाबाट एनआइएस  कोर्ष गर्दै प्रशिक्षक जिवनको सुरुवात गरेका हुन् ।  अन्तराष्ट्रिय भलीबल महासंघको लेभल वान कोर्ष उनले तीन पटक गरे । अनी ल्भल टु पनि । बहराइन र  श्रीलका पछि उनले   मद्रासमा भएको ओपन स्पाइकर र सेटर सम्बन्धी सेमिनारमा सहभागिता जनाएका थिए ।  सन् १९९५ मा लेभल टु कोर्ष पछि इन्टरनेसनल इन्स्ट्रक्टरको कोर्ष गर्ने अबसर भए पनि भलीबल संघको नेतृत्व यस बारेमा उदासिन भए पछि उनले त्यो अबसर गुमाए । जुन अबसर उनी आफै र नेपाली भलीबलले गुमाएको महत्वपूर्ण पक्ष हो ।

Comment