नेटबल संघद्वारा सामाग्री प्रदान

netball
नेपाल नेटबल संघले स्वास्थ्य शारीरिक तथा जनसंख्या शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरलाई सोमबार नेटबल सामाग्री प्रदान गरेको छ ।
कीर्तिपुरमै भएको कार्यक्रममा नेटबल संघका महासचिव दीपक लामाले १० हजार मूल्य बराबरको सामाग्री प्रदान गरेको शारीरिक शिक्षाका शिक्षक सहायक शैलेन्द्र चिलवालले जनाएका छन् । प्रदान गरिएका सामाग्रीहरुमा ३ थान बल, २ सेट पोशाक र २ थान नेट रहेका छन् ।एमएड दोश्रो सेमेस्टरमा नेटबललाई कोर्समा समावेश गरिएको पनि चिलवालले जनाएका छन् ।

Comment