राष्ट्रिय आइटिएफ ब्यापक तयारी

photo baglung
बाग्लुंगको बुर्तीबांगमा हुन नवौ जनरल चोइ स्मृती राष्ट्रिय आइटिएफ तेक्वान्दो च्याम्पियनसीपको तयारी राम्रो रहेको छ । १२ र १३ मंसिरमा हुने प्रतियोगिताले आइटिएफ खेलमा बाग्लुंगको प्रभाव अझ बढ्ने बिश्वास रहेको आयोजक कमिटीका संयोजक तथा नेपाल आटइटिएफ राष्ट्रिइ ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष घम बहादुर थापाले बताए । आइटिएफ राष्ट्रिय ब्ल्याकबेल्ट कमिटी र र बांग्लुंग जिल्ला तेक्वान्दो संघको आयोजनामा हुने प्रतियोगितामा २८ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । मुख्य प्रायोजन रोयल हिमचुली इन्टरनेसनल प्रालीको सहयोगले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न ठूलो सहयोग पुगेको उनले बताए । प्रतियोगिताको लागत रकम १० लाख १० हजार रुपिया रहेको छ ।
प्रतियोगिातको आयोजनाको अबसर पाउदा बाग्लुंग बासी उत्साही भएको थापा बताउछन्  । पूर्व महासचिव गीरी बुढाथोकी र ओमबार बुढाथोकीको गृह जिल्ला भएको कारण पनि बाग्लुंगमा आइटिएफको महत्व ब्यापक भएको घम बताउछन् । यस भन्दा अघि बुद्धवाच बर्न इन नेपाल फस्ट नेसनल ओपन तेक्वान्दो च्याम्पियनसीप  र थर्ड नेसनल प्रोफेसनल आइटिएफ नेसनल च्याम्पियनसीपमा आयोजनाको मुख्य जिम्मेवारी पुरा गरेका उनी प्रतियोगिताको दौरान उत्पन्न हुने समस्याको समाधान गर्न सक्षम मानीन्छन् ।
उमेरमा २४ बर्ष मात्र भए पनि विगत देखि उनले पुरा गर्ने गरेको जिम्मेवारी सहनीय मानीन्छ । आइटिएफका दोस्रो डान घम खेलाडी उत्पादनको काममा पनि त्यत्तिकै सक्रिय छन् ।  आइटिएफका पूर्व अध्यक्ष कृष्ण बलाललाई खेल जिवनको आदर्श मान्ने घम बहादुर ब्यक्तिगत स्वार्थ भन्दा पनि सबैको सामुहीक हितमा लाग्नु नै जिवनको उपलब्धी ठान्ने गर्छन् । मार्सल खेलाडी ब्यक्तिगत जिवनमा पनि उत्तिकै अनुशाािषत रहनु पर्ने यथार्थलाई उनी स्वकार्छन् ।

Comment