Category:  Wushu

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडीहरुले उसुका पूर्व खेलाडी राजकुमार राईलाई शुक्रबार सम्मान गरेको छ । राईलाई सशस्त्र प्रहरी बल (एपीएफ) को निरीक्षकमा नाम निकाल्न सफल भएकोमा सम्मान गरिएको हो । उनी एपीएफमै असईमा कार्यरत थिए । सोही अवसरमा डिएभीका उसु प्रशिक्षक शंकर… Read More »

नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको उसुमा पनि काठमाडौंले नै बाजी मा¥यो । काठमाडौंले ४ स्वर्ण र २ रजत जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । २ स्वर्ण र उत्तिनै रजत जितेको नुवाकोट दोश्रो भयो… Read More »

काठमाडौं जिल्ला खेलकुद विकास समितिले नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा सहभागी हुने काठमाडौंका खेलाडीसहितको टोलीलाई आइतबार बिदाइ गरेको छ ।सोमबारदेखि राजधानीमा सुरु हुने नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा काठमाडौंबाट विभिन्न ८ खेलमा ८० खेलाडी सहभागी हुँदैछन् । रनिङ… Read More »

गत जेठ अन्तिम साता भएको प्रथम राष्ट्रव्यापी खुला जुनियर उसु प्रतियोगिताको आयोजक मार्सल आर्ट अर्गनाइजेसन, नेपाललाई शुक्रबार आर्थिक सहयोग उपलब्ध गराइएको छ ।  हाल अमेरिकामा रहेका उसुका पूर्व मुख्य प्रशिक्षक चन्द्र लामाको पहलमा संकलित १ लाख ११ हजार ७ सय रुपैयाँ अर्गनाइजेसनलाई… Read More »

दक्षिण एसियाली उसु च्याम्पियनसीपका उपविजेता राजु मर्हजन थाइल्यान्डको फुकेटमा आयोजना हुने आइसिएन बिश्व च्याम्पियनसीपमा सहभागि हुन मंगलबार अस्ट्रेलियाबाट त्यसतर्फ प्रस्थान गरेका छन् । सो कन्टेस्टमा सहभागि हुने अन्य नेपालीमा दिपु मुनीकर,बिनोद मर्हजन र मिलन राइ रहेका छन् । टोलीलाई आइसिएन नेपाल प्रमुख… Read More »

साग स्वर्ण विजेता निमा सम्मानित १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता निमा घर्ती मगर आइतबार सम्मानित भएकी छन् ।मार्सल आर्ट अर्गनाइजेसन, नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिताको समापनको अवसरमा निमालाई नगदसहित सम्मान गरिएको हो । काभ्रे जिल्ला… Read More »

रोनिश र मारिया पहिलो रोनिश श्रेष्ठ र मारिया राई प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिताको थाइची छ्वान छुचीमा शनिबार पहिलो भएका छन् । दुवै बुद्ध प्रकाश उसु क्वानका हुन् । मार्सल आर्ट अर्गनाइजेसन नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रोनिशले ५.३५ अंक जोडे ।… Read More »

पशुपति कैलाश उसु क्वानका रविन श्रेष्ठ र ड्रागन उसु क्वानकी सारा तामाङले प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । मार्सल आर्ट अर्गनाइजेसन नेपालद्वारा आयोजित प्रतियोगिताअन्तर्गत छाङ छ्वान छुचीको पुरुषमा रविनले ५.४० र महिलामा साराले ५.४५ अंक जोड्दै स्वर्ण… Read More »

बुद्ध प्रकाश उसु क्वानका अजय तामाङले प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । पुरुष नान् छ्वानमा सर्वाधिक ७.४६ अंक जोड्दै अजय स्वर्ण हात पार्न सफल भए । मनमैजु उसु क्वानका सुरज पुन दोश्रो र सनसाइन हाइ स्कुलका प्रवीण… Read More »

खेलकुदका साथै सामाजिक कार्यमा संलग्न रहँदै आएको मार्सल आर्ट अर्गनाइजेसन– नेपालको आयोजनामा प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ४० जिल्लाका करिब ३ सय ५० खेलाडीको सहभागिता रहने आयोजक अर्गनाइजेसनका अध्यक्ष राजीव महर्जनले सोमबार आयोजित पत्रकार… Read More »