सोतोकान कराते टोली भारत जाने

shotokan team1
जापान कराते संघ, भारतको आयोजनामा हुने २३ औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन २८ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोली बुधबार भारतको कोलकाता प्रस्थान गर्दैछन् ।    मंसिर २० देखि २२ गतेसम्म हुने प्रतियोगितामा १९ पुरुष र ९ महिला खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।     पुरुष खेलाडीहरुमा शिव केसी, सुशान्त मोडक, सुमन डंगोल, निरज श्रेष्ठ, विनोद रोका, विजय घले, मनोज थापा मगर, विजय बस्नेत, सरोज दाहाल, प्रदीप थुलुङ, विकास तामाङ, विजय केसी, विशाल गोले, विवोश निरौला, निखिल केसी, सुशान्त यादव, ओम यादव, मोहम्मद हाकिम तथा कुल्दिप यादव रहेका छन् ।
महिला खेलाडीमा आसिया भण्डारी, रमिला नगरकोटी, सुजना तामाङ, सुशिला मोक्तान, सुस्मिता लामा, रुपा नापित, लक्ष्मी दुलाल, कुसुम तामाङ तथा रविना बागा छन् ।
नेपाली टोलीको नेतृत्व नेपाल सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले गर्नेछन् । शेर्पाले प्रतियोगितामा रेफ्रीको भूमिका पनि निर्वाह गर्नेछन् । शेर्पा बाहेक कृष्णकुमार मानन्धर, गोपाल कटुवाल र दिनेशसिंह शाहले पनि निर्णायकको भूमिका निभाउने छन् ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहने महासचिव शेर्पाले जानकारी गराए । गत संस्करणको टिम च्याम्पियन नेपाल अन्य दुई संस्करणमा पनि टिम च्याम्पियन बनिसकेको छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा र कोषाध्यक्ष इन्द्रबहादुर थिङ, नेपाल सोतोकान कराते संघका अध्यक्ष विष्णुबहादुर कार्कीलगायतले एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे ।

Comment