बिणाको पहिलो जित

binaa1
नेपालका युथ च्याम्पियन विवेक थिंगले फीलीपीन्समा जारी एसियन युथ बुद्धीचाल प्रतियोगिताको पाचौ चरणमा फीलीपीन्सका नाजारियो मार्क क्रिस्चीयनसंग बराबरी गरेका छन् । यस अघि उनी चौथो चरणमा उनी मंगोलियाका एफएम बिल्गीयम सुमीयासंग पराजित भएका थिए । पाच चरणको उनको दुइ अंक छ । प्रतियोगितामा शिर्ष बरियताका भारतीय आइएम नारायनन श्रीनाथको ४.५ अंक छ ।
महिला तर्फ तेस्रो चरणसम्म खराब प्रदर्शन गर्दै कुनै अंक नजोडेकी बिणा जयसवालले चौथो चरणमा बंगलादेशकी जिसा जाहरुत जमानसंग बराबरी गर्न सफल भएकी छिन् । उनले पाचौ चरणमा डब्लुएफएम युएइकी अल मोमारी मोजाहालाई पराजित गरिन् । महिलामा भारतीय डब्लुआइएम इभा मारिया फुराडो र काजकिस्तानकी डब्लुएफएम जmील्काइडारोभा सोल्पान चार अंक सहित शिर्ष स्थानमा छन् ।

Comment