प्रदीप सम्मानित

pradeep1
दोश्रो विश्व जुनियर सफ्ट टेनिस च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल प्रदीप खत्रीलाई नेपाल सफ्ट टेनिस संघले सोमबार सम्मान गरेको छ ।
भारतको अहमदाबादमा नोभेम्बर १९ देखि २४ तारिखसम्म भएको च्याम्पियनसिपमा प्रदीपले यु–२१ उमेरसमूहअन्तर्गत पुरुष एकलमा कांस्य जितेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहले प्रदीपलाई खादा, टीका र फुलमालालगाइ सम्मान गरे ।

Comment