दीपक र प्रदीपलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी

दीपक राज शाही र प्रदीप खातीलाई राष्ट्रिय खेलकुद परिषदले प्रमुख प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ । फुटबलका ध्रुव के.सी. र सुटिङ्गका ध्रुव विक्रम शाहले आफ्नो जीवनको अमुल्य समय खेलकुदलाई प्रदान गर्दै अनिवार्य अवकास पाए पछि फुटबलमा दीपक र सुटिङ्गमा प्रदीपलाई नियुक्त गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक नविन उप्रेतीले बताए । दुवै प्रमुख प्रशिक्षकलाई सदस्य सचिव निर्णय अनुसार आईतबारकै मिति देखि लागृ हुने गरि नियुक्ति प्रदान गरिएको निर्देशक उप्रेतीले जनाएका छन् ।

Comment