प्यासिफिक करातेका लागि खेलाडी छनोट बिहीबार

चौधौं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका लागि खेलाडी छनोट बिहीबार हुने भएको छ । प्र्रतियोगितामा छैटौं राष्ट्रिय खेलकुददेखि हालसम्म भएका विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका, दक्षिण एसियाली खेलकुद र दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पदक जितेका, एसियाली खेलकुदमा सहभागी भएका तथा विगतका एसियाली प्यासिफिक सितोरियो करातेमा पदक जितेका खेलाडी सहभागी हुन पाउने आयोजक संघका अध्यक्ष दावा गुरुङले जनाएका छन् ।
तोकिएको योग्यता पुगेका खेलाडीले मंसिर १७ गते, बुधबार बेलुकीसम्म नाम र तौलसमूह दर्ता गराइ सक्नु पर्नेछ ।
कुमुतेको पुरुषतर्फ ५५, ६०, ६७, ७५, ८४ र ८४ केजीमाथि तथा महिलामा ५०, ५५, ६१, ६८ र ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै पुरुष÷महिलाको एकल र टिम कातामा पनि खेल हुनेछ ।
एकदिने छनोट लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । एसियाली प्यासिफिक कराते सिंगापुरमा डिसेम्बर १० देखि १५ तारिखसम्म सञ्चालन हुनेछ ।

Comment